कञ्चनपुर : ‘आफु सितै निकट भएका साथीहरु छुटेकोले उनिहरुलाई पनि आफुसितै लाम्बद्ध तरीकाले अनेरास्वयुमा लाग्न आफु एक पाइला पछाडि सदै एसमा नै रहेको तर आज केही साथीहरु सहित समाजवादी एस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हु’ गोबिन्द धामीले बताए ।

नेकपा एकीकृत समाजवादी (एस) पार्टीले अमेरिकी सहयोगको एमसीसी परियोजनामा द्वैध चरित्र देखाएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले कञ्चनपुरको भीमदत्त नगरपालिकामा पार्टी परित्याग गरेका छन । भीमदत्त नगरपालिकाको १६ नम्बर वडाका वडाध्यक्ष दशरथ धानुकसहित नेताहरू मंगलवार पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन ।

एमाले प्रवेश गर्नेमा विद्यार्थी नेताहरू अनेरास्ववियूका कञ्चनपुर जिल्ला सचिवालय सदस्य गोविन्द धामी, जिल्ला कमिटी सदस्यहरूनवराज जोशी, जगदिश पन्त, विराट वड र सन्दिप पार्की रहेका छन । विद्यार्थी नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भ्रममा परेर विभाजनकारी कित्तामा उभिएका सबै विद्यार्थीलाई विद्यार्थी आन्दोलनलाई एकतावद्ध र सशक्त बनाउन अनेरास्ववियुमा समाहित हुन आह्वान समेत गरेका छन ।







