कञ्चनपुर : सुदूरपश्चिमका उद्योगी पिताम्बर जोशीले भलिबल खेलाडीलाई खेल पोषाक वितरण गरेका छन । समाजसेवी समेत रहेका कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका उद्योगी जोशीली भलिबलका खेलाडीलाई खेल पोषाक(टिर्सट) वितरण गरेका हुन ।

मंगलबार महाशिवरात्रीकै अवसर पारेर जिल्ला कञ्चनपुर कर्भट हल भलिबल प्रशिक्षण केन्द्रमै पुगेर खेल क्षेत्रको विकास र खेल पर्यटन प्रर्बद्धनमा टेवा पु¥याउने उदेश्यले खेल समाग्री वितरण गरेका छन । ‘आफ्नो तर्फबाट खेल क्षेत्रमा सक्दो सहयोग गर्ने हो, तब पो हाम्रो क्षेत्रको खेलकुद विकास हुन्छ, ‘बरिष्ठ उपाध्यक्ष जोशीले भने, ‘मुख्य भलिबल प्रशिक्षक जगदिश प्रशाद भट्टले समेत आग्रह गरेका थिए ।’ भलिबलका खेलाडीले समेत उद्योगी तथा समाजसेवी जोशीप्रति आभार प्रकट गरेका छन ।







