शान्तिका विद्यार्थीलाई डिजिटल किड वितरण


 कञ्चनपुर:कञ्चनपुरको एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘डिजिटल किड’ वितरण गरिएको छ । भीमदत्त नगरपालिका १४ बनकट्टीमा रहेको शान्ति आधारभूत विद्यालयका विद्यार्थीलाई डिजिटल किड वितरण गरिएको हो । शान्ति आधारभूत विद्यालयका प्रध्यानाध्यापक उत्तम विष्टले विपन्न समुदायका विद्यार्थीको शैक्षिक स्तर बृद्धिका लागि डिजिटल किड वितरण गरिएको बताए ।

प्रअ विष्टका अनुसार सोमबार एक कार्यक्रमका विच निड्स नेपालको सहयोगमा विद्यालयले डिजिटल डि वितरण गरेको बताए । प्रअ विष्टले विद्यार्थीको समाजिक आर्थिक अवस्था मध्य नजर गर्दै १ सय ४० थान डिजिटल किट वितरण गरिएको बताए । शिक्षाको विकासक्रम बढ्ेसंगै अहिलेका विद्यार्थीका बाबु बाजेले काठको पाठीमा शिक्षणका लागि कखरा सिकेपनि अहिलेका विद्यार्थीलाई सिधै डिजिटल किड दिएर अध्ययनमा थप उत्साहित बनाउने प्रअ विष्टको विश्लेषण छ ।

वितरण कार्यक्रममा विद्यालयका प्रअ उत्तम विष्ट, निर्वतमान प्रअ बासुदेव जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज जोशी, अभिभावक विद्यार्थी सहितको सहभागिता रहेको थियो । विद्यालयमा डिजिटल किड पाएसंगै विद्यार्थी उत्साहित भएका छन ।


ताजा समाचार

spot_img