नवीन जोशी /कञ्चनपुर : बैतडीको पुर्चौंडी नगरपालिका ६ की एक किशोरीको धनगढीमा मृत्यु भएको छ । पढाईका लागि धनगढीमा डेरा गरी बस्दै आएकी १८ बर्षीया मनिषा जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार उनले सेल्फास सेवन गरेकी र सेती अस्पतालमा उपचारका क्रममा हिजो नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत थिइन् ।

