कञ्चनपुर: कञ्चनपुरको बेलडाँडीका विपन्न समुदायका किसानलाई बाख्रा वितरण गरिएका छन । बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाले विपन्न किसानलाई बाखा्र वितरण गरेको हो । विपन्न समुदायका किसानको आर्थिक उर्पाजनका पाठी पैचो कार्यक्रम अन्र्तरगत बाख्रा वितरण गरिएको सहकारीले जनाएको छ । किसानलाई बाख्रा पालन सम्बन्धी तालिम समेत दिएर वितरण गरिएको थियो ।

बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कमला रेग्मी(जोशी)ले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बाख्रा पालक किसानलाई तालिम दिएको बताए । ‘हामीले सहकारीमा आबद्ध अपाङ्गता, एकल महिला एव विपन्न सदस्यलाई पैचो कार्यक्रम अन्र्तरगत ब्याउने बाख्री दिएका छौँ, ‘उनले भनिन, ‘६ महिना पछि पाठाहरु अर्को सदस्यलाई दिनुपर्छ , जसबाट सबै विपन्न समुदायसंग बाख्रा पुग्छन ।’ निःशुलक बाख्रा पाएपछि स्थानीय किसान हर्षित भएका छन ।







