महेन्द्रनगर : कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा ४७ चिकित्सकको पद खाली रहेको छ । शुक्रवार अस्पतालले आफनो ६ महिनाको कार्य सम्पादन र क्रियाकलापको जानकारी दिन गरेको पत्रकार सम्मेलनमा उक्त तथ्याङक सार्वजनिक गरेको हो । अस्पतालमा स्विकृत दरबन्दी १ सय ८ भएपनि हाल अस्पतालमा ६१ ज्ना मात्रै चिकित्सक लगायतका कर्मचारीहरु रहेको बताईएको छ । अस्पतालमा बिरामीको संख्या बढदै गई रहेको र महाकाली प्रादेशिक अस्पतालमा पहिलेको तुलनामा गुणस्तरिय सेवा प्रदान गर्ने लक्ष्य भएपनि प्रयाप्त मात्रामा चिकित्सक नहुँदा समस्या हुने गरेको अस्पतालका निमित्त मेसु डा. अर्जुन भटटले बताए ।
संघिय सरकारले चिकित्सकहरुको व्यवस्थापन नगरिदिँदा अस्पतालमा उपचारमा तथा अन्य कार्य गर्न पनि समस्या भएकाले सम्बन्धित निकायले थनप चिकित्सकहरुको व्यवस्थापनमा ध्यान दिन उनले आग्रह गरे । महाकाली प्रादेशिक अस्पतालले आफनो ६ महिनाको कार्य सम्पादन र क्रियाकलापको पत्रकार सम्मेलन मार्फत गत भाद्र देखी अहिले सम्म अस्पताल गरेको काम तथा आगामी दिनमा गर्ने योजनाको पनि पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । अस्पतालबाट प्रवाह हुने सेवाहरु, अस्पताल शैया बर्गिकरण, मानव श्रोत ब्यवस्थापन, आर्थिक श्रोत ब्यवस्थापन, संख्यात्मक उपलब्धीहरु, सम्पादित क्रियाकलापहरुको बारेमा जानकारी गराईएको थियो । अहिले अस्पतालले बहिरङ सेवा,आकस्मिक सेवा, अन्तरंग सेवा, प्रयोगशाला सेवा, अल्ट्रासाउण्ड तथा ईसिजी सेवा, प्रसुति सेवा, सुरक्षित मातृत्व तथा परिवार नियोजन सेवा, शल्य चिकित्सा सेवा, टि.वि., मलरिया सेवा, पोषण सेवा, एकद्धार संकट व्यवस्थापन केन्द, बिस्तारित स्वास्थ्य सेवा , लगायतका अस्पतालले सेवा प्रदान गरिरहेको बताईएको छ ।
अस्पतालले सबै भन्दा बढी सर्प दंशका बिरामीहरुको उपचार सफलता पूर्वक गरेको दाबी गरिएको छ । विगत ६ महिनामा १६ वटा अति जटिल र विषालु सर्पले टोकेका बिरामीहरुलार्य भेन्टिीलेटरमा राखेर सफल उपचार गरिएको मेसु भटटले बताए । साथै ६ महिनाको अवधी ५ सय बढी बिरामीहरुलाई सघन कक्ष आईसियुमा राखेर उपचार गरीएको बताए । डाईलासिस मेसिन आई सकेको तर भवन निर्माणमा ठेकेदारले ढिलाई गर्दा संचालन हुन नसकेको मेसू भटटले जानकारी दिए । ठेकेदारलाई रकम समयमा उपलब्ध गराउन नसकिदा भवन निर्माणमा ढिलाई हुँदा डाईलासिस संचालन गर्न समस्या भएको उनले बताए । डाईलासिस मसिन संचालन भयो भने दैनिक ५ देखी ६ जनाको उपचार गर्न सकिने भएको छ ।






