सरकारी कार्यदल हलिया मुक्तिको १३ वर्षपछि डडेल्धुराका गाउँमा


महेन्द्रनगर : हलिया मुक्तिको १३ वर्षपछि समस्या अध्ययन गर्न डडेल्धुराका गाउँमा सरकारी कार्यदल आइपुगेको छ । सरकारले मुक्त हलिया, कमैया र हरुवा चरुवाका समस्या अध्ययन गर्न श्याम श्रेष्ठको संयोजकत्वमा गठन गरेको कार्यदल यती बेला सुदूरपश्चिम प्रदेशका गाउँ गाउँमा पुगीरहेको छ । १३ बर्ष पहिलो मुक्ती घोषणा भएका सुदूरपश्चिम र कर्णाली प्रदेशका मुक्त हलिया परियच पत्र समेत नपाउँदा सरकारी सेवा सुविधाबाट बञ्चीत छन् ।

मुक्ती घोषणा भएपछि अरुको हलो जोेतेर खाने हलिया सुमदाय जिवन धान्न नसक्ने अवस्था सिर्जन भएको छ । सरकारी कार्यदल डडेल्धुरा अमरगढी नगरपालिका ८ मा पुगेपछि यहाँका मुक्त हलिया समुदायका नागरिकले आफना गुनासाहरु सुनाएको मुक्त हलियाका समस्या अध्ययन गर्न कार्यदलका ै सदस्य गणेश विकले बताए । समाजले नै तिरसकार गरेकाले गाउँ नै अर्को ठाउँ सर्न स्थानीय शान्ती दमाईको माग छन् ।

डडेल्धुरामा २५ सय मुक्त हलियाको नाम सरकारी तथ्याङकमा रहेको भएपनि त्यो भन्दा बढीको तथ्याङक नै संकलन नभएको गुनासो छ । क वर्गकै परिचय पत्र पाउने ५६ जनाले समेत अहिले सम्म घर जग्गा पाएका छन् । रकम पनि २ देखी ३ लाख घर बनाउन सरकारले दिने गरेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img