कञ्चनपुर : कञ्चनपुरको महाकाली जनसेवा मावि सामुदायिक विद्यालयले स्वर्णजयन्ती मनाएको छ । भीमदत्त नगरपालिका ७ हल्दुखाल स्थित महाकाली जनसेवा माविले बुधबार एक कार्यक्रमका विच स्वर्णजयन्ती मनाएको हो । विद्यालयले ५० औँ बर्ष प्रवेस गरेको अवसरमा स्वर्णजयन्ती मनाएको छ । स्वर्ण जयन्तीको एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्टले उद्घाटन गरेका छन । मुख्यमन्त्री भट्टले प्रदेश सरकारले सामुदायिक विद्यालयको स्तरबृद्धिका लागि थुप्रै कार्यक्रम ल्याएको र आगामी दिनमा समेत ल्याउने बताए ।

मुख्यमन्त्री भट्टले विद्यालयको बृद्धि विकासका लागि प्रदेश सरकारका तर्फबाट सहयोग गर्ने घोषणा गरे । विपन्न समुदायका विद्यार्थीको अध्ययन सहजताका लागि शिक्षाका कार्यक्तम संचालन गर्ने मुख्यमन्त्री भट्टको भनाई थियो । कार्यक्रममा बिरिष्ठ अथिति प्रदेश सदस्य तथा पुर्वराज्यमन्त्री प्रकास बहादुर रावलले आफ्नो तर्फबाट समेत विद्यालयको बृद्धि विकासका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरे । भीमदत्त नगरपालिका ७ का वडाध्यक्ष शंकर कुँवरले वडाका तर्फबाट विद्यालयको चौतर्फि विकासका लागि पहल भएको बताए । वडाध्यक्ष कुँवरले अझै पनि विद्यालयको बृद्धि विकासका लागि आफ्नो तर्फबाट योजना ल्याउने बताए । राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष एव माओवादी केन्द्रका नेता देवेन्द्रराज ढुङगानाले विपन्न समुदायका विद्यार्थीको शैक्षिक स्तर बृद्धिका लागि शिक्षामा लगानी आवश्यक रहेको बताए ।

भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले विद्यालयको शैक्षिक स्तर बृद्धिका लागि सबै सरोकारवाला पक्ष जिम्मेबार हुनुपर्ने बताए । कार्यक्तममा विद्यालयका प्रअ झक्त बहादुर कार्कीले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एव पदाधिकारीलाई सम्मान गरिएको थियो । उत्कृष्ठ विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिनुका साथै सुदूरपश्चिमको लोक संस्कृति झल्किने नृत्य प्रस्तुत समेत गरिएको थियो । कार्यक्रमको अध्यक्षता ग्रहण गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश विष्टले विद्यालयको चौतर्फि विकासका लागि प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, अभिभावक विद्यार्थीको सहभागिता रहेको थियो ।







