कञ्चनपुर : नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले राष्ट्रघाती एमसीसीको पास नगर्न माग अघि सार्दै एमाले संसदद्वय डा. दिपक प्रकास भट्ट र निरुदेवी पालको घरमा कालो ब्यानर टाँसेको छ । अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशका इन्चार्ज प्रकास जप्रेलले राष्ट्रघाती एमसीसीको विपक्षमा उभिन माग अघि सारेर कञ्चनपुर स्थित संसद भट्ट र पालको निवासमा कालो ब्यानर टाँसेको बताए ।

उनका अनुसार अखिल क्रान्तिकारीले बुधबार संसदद्वयको घरमा कालो ब्यानर टाँसेका हुन । प्रमुख प्रतिपक्षीय दल नेकपा एमालेले सरकारले ल्याएको यत्रो राष्ट्रघाती कदमको बिरोध गर्नुको साटो सर्मथन र पास गराउन उद्यत रहेको भन्दै क्रान्तिकारीले एमाले संसदका घर लक्षित कालो ब्यानर टाँसेर चेतावनी दिएको छ ।







