महेन्द्रनगर : बाजुरामा विपन्न ४० जना वालवालिकालाई शैक्षिक सामाग्रि वितरण गरिएको छ । बुढिगंगा नगरपालिका ९ जुवापानिमा रहेको दुधिर आधारभुक्त बिद्यालयमा रहेका ४० जना बिद्यार्थीलाई शैक्षिक सामाग्रि सहयोग गरिएको हो ।

एनएचसिएफ क्यानडाको आर्थिक सहयोग र बडिमालिका मिडिया हाउसको समन्वयमा विपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्रि बितरण गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मिन बहादुर सिंहले वताएका छन् । बिपन्न तथा आर्थिक अबस्था कमजोर भएका २५ जनालाई उक्त संस्था र १५ जनालाई बिद्यालयको बाट गरि ४० जनालाई सहयोग गरिएको बिद्यालयका प्रअ बिक्रम बहादुर सिंहले वताएका छन् ।

झोला, कापि, कलम, पेन्सिल, औजार बक्स लगायतका शैक्षिक सामाग्रि सहयोग गरेको सिंहले वताए ।







