एमसिसी बिरुद्धमा माओवादी समाजवादी युवा–विद्यार्थीको संयुक्त मसाल जुलुस

मसाल जुलुसमा प्रहरीको धरकपट : युवा–विद्यार्थी


कञ्चनपुर : एमसिसी खारेजीको माग अघि सारेर नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी र युवा संगठनले संयुक्त मसाल जुलुस गरेका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका नेता सुरेश भट्टले राष्ट्रघाती एमसीसी बिरुद्धमा माओवादी र समाजवादी पार्टीका युवा र विद्यार्थी संगठनले मसाल जुलुस निकालेको बताए । घाईते तिलक जप्रेल सहितका घाईतेको महाकाली अस्पतालमा उपचार भईरहेको छ ।

मसाल जुलुसमा प्रहरीले विद्यार्थी र युवामाथि धरकपट गरेको छ । धरकपटको भत्र्सना गरिएको छ । प्रहरी धरकपटमा क्रान्तिकारी वाईसियल सचिव तिलक जप्रेल, क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरी, अनेरास्ववियूका जिल्ला अध्यक्ष रमेश पन्त सहितका नेता कार्यकर्ता घाईते भएका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले शान्तिपुर्ण आन्दोलनमा प्रहरीले दमन गरेको बताए ।

‘वाईसियल सचिव जप्रेलको टाउमै प्रहार ग¥यो, ‘उनले भने, ‘म सहित अन्य साथीहरुलाई समेत कुटपिट गरे ।’ समाजवादी निकट अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष रमेश पन्तले राष्ट्रघाती सम्झौता भएकाले खारेजीका लागि आन्दोलन गरेको बताए । देश बेच्न पाईदैन, राष्ट्रघाती दलाल होसियार, एमसीसी खारेजी गर भन्दै आन्दोलन गरेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img