भविष्य

ससनकीत वातावरणमा
केही छाया हरु सल्बलाई रहेछन
अन्हाकार व्याप्त भएको क्षणमा
सायद केही प्रेतहरु बेचैन छन
रक्त को प्यास ले !
चंमेरा र उल्लुहरु
पीडाको आवाज निकाल्दैछन।
सायद उनीहरू
भयले व्याप्त छन ।
निर्जन एकान्त मा
व्याप्त ति प्रेत का
आखा हरु राता राता
बनेर चम्कि रहेछन।
धेरै दिन देखि को प्यास छ ति नयन हरुमा ।
पर
केही मानव असतित्व हरु सल्बलाइरहेछन
र झम्टिन्छन ति प्रेतहरु तिनिहरू माथि ।
जसरी चित्कार गर्छन
जंगल मा मिर्गहरु
त्यसरिनै,
ति मानवहरुको चित्कारले
गुनजायमान हुन्छ वातावरण
– रमेटीन्छ प्यास ति  रक्तपिपासु प्रेतहरूको
बली चढे ति मानव हरु !
तिप्रेत को प्यास मेटाउन  !
सायद ती होलान
प्रेमि प्रेमीका का जोडाहरु !
बालक हरु अथवा वृद्धहरु ।
तर रहेनन ति बाँकी अब पृथ्वीमा
र समर्पित भये प्यास मेटाउन ।
भोली नै तिनिहरुको
रक्तचुसिएको लास भेटीनेछ
अथवा नभेटिनेछ ।
भोक ले भरियेको जङ्गल मा
जंगली जनावरहरु भोका छन
जो सायद आहार गर्नेछन लासको !
रहनेछ केबलकंकाल मात्र  !
केही भन्न सकिने अवस्था
छैन कि उनीहरूको के हवगत हुनेछ ।
तर समय को फेर आउनेछ
उनीहरूको कंकाल माटो मा परिणत हुनेछ
माटोमा उम्रनेछन हरिया वृक्षहरु
हराभरा वृक्षहरु
भविष्य को सुमघर वातावरण निर्माण गर्नेछन ।
महेश राज जोशी

ताजा समाचार

spot_img