महेन्द्रनगर : कैलालीमा नक्कली परीक्षार्थी महिला पक्राउ परेकी छन् । मोटरसाइकल चालक अनुमति पत्रको लागि ट्रायल दिइरहेकी गौरीगंगा नगरपालिका ५ मुसुरिया कैलालीकी उमा सापकोटा पक्राउ परेकी हुन् ।

बुधबार बिहान कैलालीको धनगढीस्थीत फाप्ला ट्रायल सेन्टरमा मोटरसाइकल चालक अनुमति पत्रको लागि अर्काको ट्रायल दिन आएकी उनलाई पक्राउ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा पहरी निरीक्षक वकिल सिंहले जानकारी दिए ।

उनी अष्ट्रेलियामा रहेकी आफ्नी भाईबुहारी पुनम अधिकारीको नागरिकता लिएर पुनमको नामबाट ट्रायल दिन आएकी थिईन् । ‘पक्राउ पछि उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको बताए । उनीमाथि थप अनुसन्धान भैरहेको छ ।







