एकल महिलालाई न्यानो कपडा बितरण


कञ्चनपुर:शुक्लाफाँटा नगर पालिकामा एकल महिलालाई न्यानो कपडा बिरतण गरिएको छ । आईतबार एक समारोह बिच कसरोल एकल महिला समुहको पहल तथा मानव अधिकारकोलागि महिला एकल महिला समुह (डब्लुएचआर) कञ्चनपुरको समन्वयमा शुक्लाफाँटा नगरपालिका वडा नं. ६ को कार्यालयबाट ५४ जना एकल महिलालाई एक-एक वटा सल, स्वीटर लगायतका न्यानो कपडा बितरण गरिएको हो ।

न्यानो कपडा बितरण कार्यक्रमका प्रमुख अथिति शुक्लाफाँटा नगर पालिकाका नगर प्रमुख दिल बहादुर ऐर ले यहाँ यस्तो चिसो बढेको बेलामा वडा कार्यालयबाट बिपन्न, गरीव, दलित जनजाती समुदायका एकल महिलालाई न्यानो लुगा कपडा बितरण गरिनु साराहानिय कार्र्य रहेको बताए । “जाडो बढेकोछ, अर्कोतिर कोरोनाको संक्रमण पनि कायमै छ, यस्तो बेला गरीव, बिपन्न र जेष्ठ एकल महिलालाई जाडोबाट जोगाउन न्यानो कपडा प्रदान गर्नु प्रसंसनिय कार्य हो” उनले भने “यहाँका सिमान्तकृत समुदाय खासगरी बिकासको मुलप्रवाह बाट किनारा पारिएका महिला, एकल महिला, दलित, मुक्त हलिया, मुक्त कमैया र अपाङ्गता भएका ब्यक्तिको आर्थिक सामाजिक सशक्तिकरणकलागि लक्षित समुदाय कार्यक्रम गर्दै, शुक्लाफाँटा नगर पालिकाले अभिभावकीय भुमिका निर्वाह गरीरहेको बताए । “यहाँ कसैलेपनि आफुलाई बहिष्करणमा परेको महशुस गर्न नपरोस भनेर सवैकालागि कार्यक्रम र बजेट बिनियोजन गरेका छौं” उनले भने ।

कार्यक्रमका बिशिष्ठ अथिति शुक्लाफाँटा नगर पालिकाका नगर उपप्रमुख तुलसी हमाल ले बिपन्न एकल महिलालाई जाडो बाट जोगिन बितरण गरिएको न्यानो कपडाले सहयोग गर्ने बिश्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रमका अथिति, मानव अधिकारकोलागि महिला एकल महिला समुह (डब्लुएचआर) कञ्चनपुरका कार्यक्रम संयोजक बिर बहादुर नेपालीले वडा कार्यालयबाट एकल महिलालाई यसरी न्यानो कपडा बितरण गरेर बिपन्न र जेष्ठ एकल महिलालाई केही हद सम्म सहज हुने भएपनि यसले समस्याको दिगो समाधान नहुने बताए । उनले, सवै एकल महिलाको आर्थिक सशक्तिकरणकालागि कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नु पर्नेकुरामा जोड दिए । उनले भने “वडा कार्यालय र नगरपालिकाले एकल महिलाको सीप बिकास गरी उनिहरुलाई दिगो जिविकोपार्जनका कार्यक्रममा संलग्न गराउने खालका कार्यक्रम तर्जुमा गरी निरन्तर कार्यान्वयन गर्नु पर्ने हुन्छ, यसबाट सवै एकल महिला लाभान्तित हुन सक्दछन ।”वडा नंं ६ का वडा अध्यक्ष जगता रानाले एकल महिला समुहको मागका आधारमा यस आर्थिक बर्षमा एकल महिलाकालागि बिनियोजित रकमबाट न्यानो लुगा बितरण गरीएको बताए । उनले आगामी दिनमा पनि वडा कार्यालयबाट सिमान्तकृत समुदायलाई आवश्यक सहयोग गरिने जानकारी दिए । वडा नंं. ६ का वडा अध्यक्ष जगता रानाको अध्यक्षता तथा शुक्लाफाँटा नगर पालिकाका नगर प्रमुख दिल बहादुर ऐरको प्रमुख आथित्व र उप प्रमुख तुलसी हमालको बिशिष्ठ आथित्वमा सुरु भएको कार्यक्रममा कार्य पालिका सदस्य यसोदा भट्ट, डब्लुएचआर कञ्चनपुरका जिल्ला कार्यक्रम संयोजक बिर बहादुर नेपाली लगायतले मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको संचालन वडा सचिव हरीलाल चौधरीले गरेका थिए ।


ताजा समाचार

spot_img