निड्स नेपालद्वारा स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण


कञ्चनपुर: निड्स नेपालले कञ्चनपुरका विभिन्न क्षेत्रमा १० लाख मूल्य बढीका स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । लुथरन वर्ल्ड रिलिफ (एलडब्लुआर) को सहयोगमा निड्स नेपालले भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका, महाकाली प्रादेशिक अस्पताल र स्वास्थ्य कार्यालय कञ्चनपुरलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।No description available.

आइतबार सम्बन्धित क्षेत्रमा गई मेडिकल पिपिई, ग्लोब्स, एन्टिजीन कीट, ह्याण्ड स्यानिटाइजर, सर्जिकल मास्क समेत गरी १० लाख ७० हजार ७ सय ३१ रुपैयाँ ५० पैसा मूल्य बराबरका स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको निड्स नेपालका कार्यक्रम संयोजक विनोद सिंह कडाराले जानकारी दिनुभयो । उहाँका अनुसार महाकाली प्रादेशिक अस्पतालमा कोभिड तथ्याङ्क व्यवस्थापन तथा टेलिमेडिसिनका लागि निड्स नेपालद्वारा ल्यापटप समेत प्रदान गरिएको छ । स्वास्थ्य सामग्री ग्रहण गर्दै भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंहले प्राप्त सहयोगका लागि निड्स नेपाल र एलडब्लुआर प्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।No description available.

भीमदत्त नगरपालिका र निड्स नेपालबिच भातृ सम्बन्ध कायम रहेको उल्लेख गर्दै उपप्रमुख चन्दले कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणका कार्यमा महत्त्वपूर्ण सहयोग पुगेको बताउनु भयो । उहाँले आगामी दिनमा समेत निरन्तर सहकार्यका लागि प्रतिबद्धता समेत जनाउनु भएको छ । त्यस्तै महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले सहयोग प्रदान गर्ने संस्थाहरू प्रति धन्यवाद ज्ञापन गर्नुभयो । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले विगत लामो समयदेखि निड्स नेपालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग समन्वय गरी स्वास्थ्य कार्यालय सहित स्वास्थ्य संस्थाहरू, स्थानीय तहहरू र सीमा नाकामा स्थापित हेल्थ डेस्कहरूमा थुप्रै सहयोग गरेकोमा सराहना गर्नुभयो ।No description available.

पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले पनि प्राप्त सहयोगका लागि निड्स नेपाल र एलडब्लुआर प्रति आभार व्यक्त गर्नुभएको छ । पुनर्वासमा निड्स नेपालका प्रतिनिधि रामचन्द्र उपाध्यायले सामग्री हस्तान्तरण गर्नुभएको हो । त्यस्तै भीमदत्त नगरपालिका, महाकाली प्रादेशिक अस्पताल र स्वास्थ्य कार्यालय कञ्चनपुरलाई निड्स नेपालका कोषाध्यक्ष रवीन्द्र देवकोटा, कार्यक्रम संयोजक विनोद सिंह कडारा, कार्यक्रम अधिकृत रोशनी धामी समेतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

भीमदत्त नगरपालिकामा सामग्री हस्तान्तरण कार्यक्रममा निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी पनि सहभागी हुनुभएको थियो । निड्स नेपालले कोभिड १९ को पहिलो, दोस्रो र तेस्रो लहरमा विभिन्न क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताउनु भयो । उहाँका अनुसार एलडब्लुआरको सहयोगमा निड्स नेपालले कञ्चनपुरका भीमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिका क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।


ताजा समाचार

spot_img