काँग्रेस नेतृ भट्टद्वारा निःशुल्क दाउरा वितरण


कञ्चनपुर : कञ्चनपुरकी काँग्रेस नेतृ एव मानव अधिकारकर्मी नितृ भट्टले भीमदत्त नगरपालिका क्षेत्रमा निःशुल्क दाउरा वितरण गरेकी छिन । अत्यधिक चिसो बढ्दै गएपछि काँग्रेस नेतृ एव अधिकारकर्मी भट्टले निःशुल्क दाउरा वितरण गरेकी छन ।

बुधबार नेपाली काँग्रेस भीमदत्त नगरकी सचिव भट्टले आफ्नो व्यक्तिगत तर्फबाट नगर क्षेत्रमा दाउरा वितरण गरेका हुन । चिसोका कारण जनजिवन प्रभावित हुन लागेको भन्दै उनले भीमदत्त नगरका विभिन्न स्थानमा दाउरा वितरण गरेकी छिन । भीमदत्त नगरपालिका भाँसी, विज्ञान क्याम्पस अगाडी, सालघारी चोक, बजार क्षेत्रमा वितरण गरेकी हुन । काँग्रेस नेतृ एव अधिकारकर्मी भट्टले निजी खर्चमा नागरिकलाई आगो ताप्नका लागि दाउरा वितरण गरेको बताईन ।

‘मैले चिसोको समस्या देखेर बजार क्षेत्रमा दाउरा अभाव भएका बेला खरिद गरेर स्थानीयलाई वितरण गरेको छु, ‘उनले भनिन, ‘चिसो छल्नका लागि सक्दो सहयोग गरेकी छु ।’ काँग्रेस नेतृ भट्टले दाउरा वितरण गरेसंगै स्थानीय आगो बालेर तापिरहेका छन । स्थानीयले यस्तै गरि अन्य थुप्रै अधिकारकर्मी एव नेताहरुले नागरिक विपद्मा परेका बेला आफ्नो तर्फबाट सक्दो सहयोग गरे केही राहत हुने अपेक्षा गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img