सानिमा लाइफ टिकापुरद्वारा २० लाख ७५ हजार मृतु दावी भूक्तानी


कञ्चनपुर : सानिमा लाइफ इन्सुरेन्स टिकापुर शाखाले मोटर साइकल दुर्घटनामा परि यहि पुष १३ गते मृतु भएका स्वर्गीय बिमित सर्प लाल बूढा को श्रीमती उमा बूढा लाई २० लाख ७५ हजार रकम मृतु दावी वापत निजकै घर लम्की चुहा नगरपालिका तिलकपुरमा गई हस्तान्तरण गरेको छ।निज मृतक बुढाले २ वर्ष पहिले बिमांक रकम रु १० लाख को जीवन बिमा गरायका थिए।

लम्की चुहा नगरपालिकाको मेयर महादेव बजगाई ले सो चेक रकम हस्तान्तरण गर्दै जीवन बिमा, स्वास्थ्य बिमा अति आवश्वक भयको बताए सानिमा लाइफ इन्सुरेन्स का प्रदेश प्रमुख गणेश प्रसाद उप्रेती ले सानिमा लाइफ ले मृतु दावी भुक्तानी छिटो छरितो गर्ने कम्पनीको मुख्य मिसन भयको बताउदै स्थानीय निकायले पनि बिमा सचेतना कार्यक्रमको लागि केहि रकम बिनियोजन गरेर सबै नगरबासीलाइ बिमाको दायरामा ल्याउना सहयोग गर्न नगर प्रमुख लाइ आग्रहा गरे सो कार्यक्रममा सानिमा लाइफ टिकापुर शाखाका शाखा प्रबन्धक श्रद्धा जोशी , बजार अधिकृत तुलीराम चौधरी र एजेन्सी मेनेजर बिष्णा जोशी लगायत स्थनीयको उपस्थिती रहेको थियो।


ताजा समाचार

spot_img