महेन्द्रनगर : समाजसेवी युवा मनका ढुकढुकी सफल व्यावसायी डडेल्धुरा अमरगढी नगरपालिका ४ तल्लो खलंगाका हाल जापानमा रहेका प्रकाश मल्ल ( विनय ) ले एकपछि अर्काे समाजमा, समुदायमा रहेका निमुखा, आवाज विहिनको आवाज, दुखमा मलहम लगाउने कार्य गर्दै आएका छन् । अमरगढी नगरपालिका ७, पोखरामा रहेको अनाथ वालवालिकाहरु रहेको बेथस्दा बाल गृह डडेल्धुरामा चिशोको समयमा दुख पाउँदै आएको खबर जापानमा रहेका विनय मल्लले थाहा पाएपछि उनको मन थामिन सकेन र उनले तुरुन्तै बिभिन्न न्यानो कपडाहरु ओडने र बिछयाउने कम्बलहरु वितरण गरेका छन् । जिल्लामा रहेका समाज सुधारक, नेता कार्यकर्ता स्थानिय जनप्रतिनिधीहरु चिशो खप्न नसकेर घरै भित्र बसिरहँदा जापानबाट मल्लले गरेको न्यानो सहयोगले अनाथ वालवालिकाहरुको मुहारमा खुशी छाएको अध्यक्ष जितेन्द्र ताम्राकारले बताए ।
अहिले उक्त गृहमा डडेल्धुराका २, डोटिका २, बझाङका १ लगायत अन्य जिल्ला का ८ जना वालवालिकाहरु रहेका छन् छन । स्वतन्त्र युवा एकता समाज डडेल्धुरा का सदस्यहरु मार्फत उक्त गृहमा सहयोग गरिएको थियो । विगतका दिनहरुमा पनि समाजसेवि मल्लले आफुहरुलाई कोभिडको समयमा खानको लागि पनि नभएको अवस्थामा वालवालिकाको भोको पेटमा मा केही खानको लागि सहयोग गरेको अध्यक्ष ताम्राकारले बताए । आफुले बिभिन्न क्षेत्रमा रहेका समाजसेवि वडा प्रतिनिधी नेताहरुलाई गुहार्दा पनि सहयोग भएन तर एक पटक समस्या भन्दा आफनो सबै कुरा त्यागेर भएपनि मन खुल्ला गरेर सहयोग गर्नुहुने मल्ललाई सदै पुगोस उच्च मान सम्मान होस अध्यक्ष ताम्राकारले थपे,
यस्ता समजासेवीको जिल्लामा आवस्यक्ता रहेको र दिनदुखीहरुको दुखमा मलहम लगाउने समाज सुधारकले फेरी आगामी दिनमा नेताहरुको भन्दा पनि यस्ता समाजसेवीले विकास गर्नेमा आफु विस्वस्त रहेको अर्का स्थानिय प्रकाश ताम्राकारले बताए ।
यस्ता समजासेवीको जिल्लामा आवस्यक्ता रहेको र दिनदुखीहरुको दुखमा मलहम लगाउने समाज सुधारकले फेरी आगामी दिनमा नेताहरुको भन्दा पनि यस्ता समाजसेवीले विकास गर्नेमा आफु विस्वस्त रहेको अर्का स्थानिय प्रकाश ताम्राकारले बताए ।
स्वतन्त्र युवा एकता समाज डडेल्धुरा युवा सुरत तमोलीले आफुहरुले जिल्लामा रहेका बिभिन्न दुखमा परेका दिनदुखीहरुलाई समाजसेवी विनय मल्लले गरेकोसहयोग आफुहरु मार्फत समुदायमा वितरण गरिरहेको बताए । मल्ले विगतका दिनहरुमा जिल्लामा स्वास्थ्य शिक्षा विकास तथा पुराना मठमन्दिर बाटोघाटो निर्माणमा र कोरोनाको समयमा विपन्न दलित परिवारका सदस्यहरुलाई राहत तथा अस्पतालमा निशुल्क अक्सिजन सिलिन्डर सहयोग गरेका थिए । नेता कार्यकर्ता पार्टीका मान्छेहरुले जनप्रतिनिधीहरुले नगरेको सहयोग गुण मल्लले लगाएको र यस्तो सामाजिक अभियन्ताहरुले सामाजिक क्षेत्रमा मात्र नभएर समग्र विकासको लागि जिल्लामा आएर काम गर्न जिल्लावासीहरुले आग्रह समेत गरेका छन् ।






