महेन्द्रनगर : कञ्चनपुरमा शनिवार ९९ जनामा संक्रमण पुष्टि भएको छ । शनिवार भीमदत्त नगरपालिकामा एकैदिन ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पश्चिमी सिमानाका गड्डाचौकी भएर भारतबाट आउने नेपाली दाजु भाईहरुमा परिक्षण गर्दा संक्रमितको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ ।

आज एन्टिजिन बिधीबाट गरिएको परिक्षणमा ८७ जना पिसिआर परिक्षणबाट १२ जनामा कोरोना पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेमा भीमदत्तमा ३६ जना, वेदकोटमा ७ जना, शुक्लाफाँटामा १ जना, पुर्नवासमा २ जना, बेलौरीमा २ जना, र गडडाचौकीमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

यो सहित कञ्चनपुरमा कोरोना संक्रमितको अहिले सम्मको संख्या ९ हजार ७ सय १७ पुगेको छ ।जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ३२ पुगेको छ । आज ४४ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ८ हजार ६ सय ९३ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ६ पुगेको छ ।







