कञ्चनपुरक: कञ्चनपुरका कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको शुक्रवार मृत्यु भएको हो । कृष्णपुर नगरपालिका २ का ५२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मुटुको समस्या देखिए पछि उनी उपचारका लागि पुष २५ गते उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । उनको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनको आज उपचारका क्रममा शुक्रबार मृत्यु भएको जनाइएको छ । यो सहित कञ्चनपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ ।







