महेन्द्रनगर : जिल्ला प्रशाससन कार्यालय कैलालीले बिहिवार देखी कैलालीबाट किनमेल गर्न भारतीय बजार जान नपाइने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले किनमेल गर्न सीमानाका पार गरेर भारतीय बजार जाने नेपालीलाई बन्देज लगाउने निर्णय गरेको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। भारतमा कोरोना संक्रमण दर बढीरहेको अवस्थामा कैलालीबाट दैनिकजसो नेपालीहरु त्यहाँ जाने गरेकाले उक्त निर्णय गरिएको जिल्ला प्रशासन कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

डीसीसीएमसीले किनमेल लगायतका कामले सीमा नाका ओहोर दोहरमा रोक लगाउन जिल्ला प्रशासनलाई सिफरिस गरेको उनले बताए । अत्यावश्यक काम परेको खण्डामा कोरोना विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै प्रवेश गराउने निर्णय समेत भएको सूचना अधिकारी जोशीले बताए ।











