महेन्द्रनगर: अछाम घर भइ काठमाडौंमा टीभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एलबी विश्वकर्माको मृत्यु भएको छ । बुधबार राति ३ बजे अचानक मुटुमा समस्या देखिएर उपचारका लागि पाटन अस्पताल लैजाँदा डाक्टरले उनलाई मृत घोषणा गरेका उनका भाइ ललित टमाटाले जानकारी दिए ।

पत्रकार तथा युवा लेखक विश्वकर्माको एन्टिजेन परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको उनका भाईले बताए। उनी टीभी टुडे टेलिभिजनमा कार्यरत थिए । क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्मा जातीय विभेदका विषयमा लेख्थे। उनको शव पाटन अस्पतालमा छ ।











