महेन्द्रनगर : कञ्चनपुरमा सक्रिय संक्रमितको संख्या ६ नाघेको छ । बुधवार १ सय ८२ जनामा कोरोना पुष्टी भएपिछ सक्रिय संक्रमितको संख्यामा वुद्धि भएको हो । आज कोरोना पुष्टि भएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय ३५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको सुचना मा उल्लेख गरिएको छ । बुधवार भीमदत्त नगरपालिकामा एकैदिन ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार गरिएको कोरोना परिक्षणमा अहिले सम्मकै बढी कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

पश्चिमी सिमानाका गड्डाचौकी भएर भारतबाट आउने नेपाली दाजु भाईहरुमा परिक्षण गर्दा संक्रमितको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ । बुधवार एन्टिजिन बिधीबाट गरिएको परिक्षणमा १ सय ५६ जना पिसिआर परिक्षणबाट २६ जनामा कोरोना पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेमा भीमदत्तमा ६० जना, दोधारा चाँदनीमा ९ जना, वेदकोटमा १२ जना, शुक्लाफाँटामा ४ जना, पुर्नवासमा १० जना, बेलौरीमा ५ जना, कृष्णपुरमा १ जना, र गडडाचौकीमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । यो सहित कञ्चनपुरमा कोरोना संक्रमितको अहिले सम्मको संख्या ९ हजार ३ सय ९६ पुगेको छ ।
आज १७ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ८ हजार २ सय २६ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ ।







