चोरको विगविगी बढ्दै

पसलको ढोका फोडी नगद रु १ लाख सहित सरसमान चोरी


महेन्द्रनगर : महेन्द्रनगर बजारको गल्ली नं. ५ पार्क रोडमा रहेको रेखा कस्मेटिक एण्ड गिफ्ट सेन्टरमा चोरी भएको छ । मंगलबार राती नगद रु.१ लाख सहित कारोबार बाट आएको रु.२५ हजार, रोल्ड गोल्ड गहना, सीसी क्यामरा, मनेटर, डाटा डिक्स, पाइन्ट, ज्याकेट कस्मेटिक, सेन्ट, डाइपर, स्याम्पु आइटम र वाईफाईको राउटर लगायतका सामानहरु चोरी भएको छ ।

बुवाको उपचारको लागि पसलमा राखेको रु.१ लाख काठमाडौं पठाउनु पर्ने भएकोले ऋण खोजी बुधबार बैंक मार्फत पठाउन राखेको रकम चोरी भएको कस्मेटिक संचालक रेखा मल्लले बताईन । रेखाले उक्त पसल सञ्चालन गर्नु भन्दा पहिले पनि सोही स्थानमा रहेको पसल चोरी भएको छिमेकी सुन चाँदी व्यवसायीले बताए । त्यसैगरी मंलगबार राति १० बजे तिर भानु पार्टी प्यालेस नजिकै बेताल क्लेकसनका सञ्चालक नन्दलाल भट्टलाई पैदल हिडि रहेको अवस्थामा दुई चार जना केटाहरुले रोकी पहिले मोबाइलको सादा सेट फोन गर्न भन्दै मागे पछि पुनः रेडमीको एन्ड्रोइट मोबाइल र पर्स समेत माँगी फरार भएका छन् ।

दुवै घटनामा अनुसन्धान गरी रहेको वडा प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरक्षक अमर माझीले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img