कञ्चनपुर : नेपाल बृद्धिजीवी संगठनको कार्यालयको उद्दघाटन गरिएको छ । नेकपा माओवादी निकट नेपाल बुद्धिजिवी संगठन जिल्ला कार्यालय कञ्चनपुरको कार्यालय उद्घाटन गरिएको हो । मंगलबार एक कार्यक्रमका विच नेकपा माओवादी केन्द्रकी नेतृ एव नेपाल बुद्धिजिवी संगठन सुप प्रदेश इन्चार्ज काैसिल्या ओझाले संगठनले आगामी दिनमा पार्टीलाई एकता बद्ध गर्दै सबै भन्दा बलियो सगठन निर्माण गर्ने बताईन ।

यसले बुद्धिजीवीहरुको हकहितको लागि सधैंलागि रहने बताईन । त्यसै गरी कार्यालयको उद्दघाटन मात्र गरेर कोठामा साँचो झुण्डाएर मात्र हिड्ने नगरी सबैको हकहितको लागि अगाडि बढनु पर्ने पार्टीलाई बलियो बनाउन बुद्धिजीवीहरुको अहम भुमिका हनुे राज्यमन्त्री मान ब सुनारले बताए ।

नेपाल वृद्धिजिवी संगठनका अध्यक्ष विरेन्द्र सिह साउदको सभापातित्वमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश ईन्चाज कौशिल्या ओझाको प्रमुख आतिथत्य तथा विशिष्ट आतिथीमा राज्य मन्त्री मानबाहादुर सुनार केन्द्रीय सदस्य देवीलाल चौधरी, संविद्यान सदस्य टेकेन्द्र प्रसाद भट्ट, केन्द्रीय सदस्य लोकेन्द्र लम्साल रहेका थिए ।







