निड्स नेपालद्धारा टिकापुरका बाढीपीडितलाई राहत

कैलालीको टिकापुर नगरपालिका वडा न.८ का १३० घरधुरी लाई खाद्यान्न वितरण


टिकापुर,
कैलालीको टिकापुरका बाढीपीडितलाई राहत वितरण गरिएको छ । निड्स नेपालले आइतबार टिकापुरका बाढीपीडितलाई राहत वितरण गरेको हो ।No description available.
निड्स नेपालले मिसिओ कारितास नेपालको आर्थिक सहयोग ,निड्स नेपालको सहकार्य र टिकापुर नगरपालिकाको समन्वयमा खाद्यान्न राहत वितरण गरेको छ । निड्सका दक्षता परियोजना कार्यक्रम संयोजक बिनोद सिंह कडाराले बाढीबाट प्रभावित भएका पीडित नागरिकलाई राहत वितरण गरिएको बताए ।No description available.
उनका अनुसार कैलालि टिकापुर नगरपालिका वडा न ८ बटनपुरका बाढीबाट प्रभावित १३० घरधुरीहरूलाई मिसिओ , कारितास नेपालकाे आर्थिक सहयाेगमा निडस नेपालकाेे सहकार्य र टिकापुर नगरपालिकाकाे समन्वयमा खाद्यान्न वितरण गरिएको कार्यक्रम संयोजक बिनोद सिंह कडाराले बताउनु भएको छ।No description available.
प्रत्येक परिवार लाई २५ केजि चामल,२ केजि दाल,२ लिटर तेल, २ केजि नुन,२०० ग्राम बेसार पाउडर, २०० ग्राम खुर्सानी पाउडर उपलब्ध गराईएकाे हो। No description available.खाद्यान्न वितरणमा टिकापुर नगरपालिका वडा ८ का पालिका सदस्य,निड्सकाे टिम ,भलभन्साकाे उपस्थित रहेको थियाे । वडा सदस्य राजु चाैधरिले खाद्यान्न वितरण कार्यक्रममा बोल्दै निडस नेपालले जुन याे सराहनीय काम गरेकाे छ त्यसको लागि धन्यवाद समेत दिनुका साथै आगामि दिनमा पनि सहयोगकाे अपेक्षा रहेको छ।

ताजा समाचार

spot_img