काँग्रेस कञ्चनपुरको सभापतिमा बोगटी


कञ्चनपुर, नेपाली काँग्रेसको सभापतिमा पदम बोगटी निर्वाचित भएका छन । बोगटीले आफ्ना निकतटम प्रतिद्वन्द्वी बहादुर सिह थापालाई ९१ मतको अन्तरले हराउँदै सभापतिका निर्वाचित भएका हुन । बोगटीले ८ सय ६ र थापाले ७ सय १५ मत ल्याएका थिए । बोगटी रमेश प्यानलका उम्मेदवार थिए । भने थापा एनपी प्यानलका उम्मेदवार थिए ।No description available.

यस अघि बोगटी पनि एनपी खेमाकै नेता हुन । एकाएक खेमा परिर्वतन गरेर बोगटीले लेखक प्यानलबाट पाटी सभापतिका उम्मेदवार बनेका थिए । यस अघि १३ औँ महाधिवेशनमा बोगटी एनपी प्यानलबाट पाटी सभापतिका लागि उम्मेदवार बनेका थिए । काँग्रेसमा लामो समयदेखि राजनीति गर्दै आएका बोगटी जिल्ला सभापतिमा निर्वाचित भएका हुन । यस अघि उनी जिल्ला सचिवको जिम्मेबारी निर्वाह गरिसकेका छन । ०३६सालदेखि काँग्रेसको राजनीति गर्दै आएका उनी यस पटक जिल्ला पार्टी नेतृत्व सम्हाल्न पुगेका छन । उनले पाटीलाई एकजुट एक ढिक्का बनाएर अघि बढ्ने बताउँदै आएका छन । काँग्रेस कञ्चनपुरका केही नेताहरुले पदम बोगटीले क्याम्प परिर्वतन गरेर पाटी सभापति भएपनि एनपीकै मान्छे भएको बताएका छन ।May be an image of 1 person and outdoors उपभापतिमा एनपी प्यानलकै दुबै उम्मेदवार निर्वाचित भएका छन । मीन बहादुर सिह ७८६, हरिसचन्द्र राना ७६३, सचिवमा पनि एनपी प्यानलकै दुवै उम्मेदवार निर्वाचित भएका छन । हेमराज ओझा ७३०, भीम भट्ट ७१३ मत ल्याएर सचिवमा निर्वाचित भएका हुन ।सह सचिवमा एनपी प्यानलबाट नाफुसिह साउद र रमेश प्यानलबाट पुष्कल चौधरी ६७४ मत ल्याएर निर्वाचित भएका छन । काँग्रेस कञ्चनपुरका ५२ पदका लागि ९५जनाले उम्मेदवारी दर्ता गराएका थिए । कुल एक हजार ६ सय १८ मतदाता मध्ये एक हजार ५ सय ७१मत खसेका थिए ।No description available.क्षेत्र नम्बर १ मा ५१३, २मा ४९७ र ३मा ५६१मत खसेका छन । क्षेत्र नम्बर १मा ५३४ मा ५०८ र ३मा ५७६मतदाता थिए । काँग्रेस कञ्चनपुरमा ५२ पदका लागि ९५ चुनावी मैदानमा उत्रिएका थिए । काँग्रेस कञ्चनपुर नेताहरुका अनुसार जिल्ला कार्य समितिका लागि एनपी साउद दिवान विष्टको संयुक्त प्यानल र रमेश लेखक पक्षले कोईराला पक्षका केही नेतालाई साथमा लिएर चुनावी मोर्चा बनाएका थिए ।

पालिका तर्फबाट चार सदस्य निर्विरोध निर्वाचित भएका थिए । दोधाराबाट धनसरा चन्द, शुक्लाफाँटाबाट यशोदा भट्ट, कृष्णपुर नगरपालिबाट पदमा देवी ओझा र लालझाडीबाट राधा राना निर्बिरोध चयन भएका छन । काँग्रेस नेता दिल बहादुर देउवाले निर्बिरोध सदस्यमा चयन भएका राधा राना, पदमा देवी ओझा र यशोदा भट्ट एनपी पक्षकै नेता भएको बताए । प्रदेश प्रतिनिधीमा एनपी पक्षका रतन सिह साउद र महाधिवेशन प्रतिनिधीमा रमेश लेखक पक्षका उपेन्द्र बहादुर खडायत निर्वाचित भएका थिए ।

यस अघि काँग्रेसले १४औँ महाधिवेशनका लागि वडा, पालिका, प्रदेश, निर्वाचन क्षेत्रीय निर्वाचन सकेर जिल्लाको निर्वाचनमा होमिएको थियो । जिल्लासंगै अब प्रदेशको निर्वाचनमा होमिने छ ।


ताजा समाचार

spot_img