कञ्चनपुर : सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र स्थित रहेको पुनर्वास नगरपालिकालाई सार्वजनिक स्वास्थ्य सेवा प्रवाहका लागि अध्ययन पत्र बुझाएका छन् ।

यु.एस.आइ.डी साझेदारी परियोजनाको “कोभिड–१९ विरुद्ध स्थानिय तहको योजना तथा प्रतिकार्यमा सहयोग अभियान ” अन्तर्गत भीमदत्त नगरपालिका गर्भवती महिलाको स्वास्थ सेवामा स्वास्थ्य निकायले कस्तो किसिमको सार्वजनिक स्वास्थ्य सेवा प्रबाह गर्दै आएको छ भनेर अध्ययन गरि त्यसको समस्या समाधानका लागि संयुक्तरूपमा बिहिवार कार्यालय परिसरमै गएर पुनर्वास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेम राज बिष्ट लाई अध्ययन पत्रका साथै ध्यानाकर्षण गराएको छ।
पुनर्वास नगरपालिका स्थानीय स्तरमा रहेका गैरसरकारी ,टोल विकास संघ संस्था संगसंगै नेपाल,नेपाल अपाङ्ग महिला संघ, परोपकार समाज ,धन्सिङ्ग टोल विकास समिती ,समाज सेवि समुह , सुकुम्बासी टोल विकास संस्था का प्रतिनिधिको हस्ताक्षरका साथ गर्भवती महिलाको स्वास्थ सेवा तथा पोषणमा नियमित सार्वजनिक स्वास्थ्य सेवा प्रवाह / पहुँचमा थप विस्तार गर्ने उद्देश्यका साथ पुनर्वास नगरपालिका लाई अध्ययन पत्र बुझाएको हो। पुनर्वास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्टले स्वास्थ्य क्षेत्रमा देखिएका कमिकमजारी सच्याउँदै छलफल गरि अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन ।









