प्रेस सेन्टर कञ्चनपुरको छैठौँ जिल्ला सम्मेलन शुरु


कञ्चनपुर ,
प्रेस सेन्टर कञ्चनपुरको छैठौँ जिल्ला सम्मेलन शुरु भएको छ । प्रेस सेन्टरका जिल्ला संयोजक राजेन्द्र अवस्थीको अध्यक्षतामा शनिबार बिहानदेखि जिल्ला समन्वय समितिको हलमा सम्मेलन शुरु भएको हो । प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज रामसिंह ठगुन्ना प्रमुख अतिथि रहेको कार्यक्रमका विशिष्ट अतिथि संविधानसभा सदस्य तथा माओवादी केन्द्रका नेता टेकेन्द्रप्रसाद भट्ट थिए । उद्घाटन सत्रमा प्रेस काउन्सील नेपालका सदस्य हरीप्रसाद जोशी लगायतका विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरु अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ठगुन्नाले प्रेस स्वतन्त्रतामा जोड दिदै पत्रकारिता पेशालाई थप व्यवस्थित र मर्यादित बनाउनुपर्ने आजको आवश्यकता रहेको औल्याए । पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव समेत रहेका ठगुन्नाले पत्रकारिता पेशामा सुद्धिकरणको आवश्यकता रहेको बताउँदै त्यसका लागि महासंघले आवश्यक कदम चाल्ने समेत बताएका छन् । विशिष्ट अतिथि भट्ट लगायतका अन्य वक्ताहरुले पनि प्रेस स्वतन्त्रतामा जोड दिएका छन् । सम्मेलनको उद्घाटन सत्र सकिएर अहिले जिल्ला समन्वय समितिकै हलमा बन्द सत्र चलिरहेको छ । बन्द सत्रबाट जिल्ला कार्य समितिको नयाँ नेतृत्व चयन गरिने प्रेस संगठनले जनाएको छ ।


ताजा समाचार

spot_img