स्थानीय तह र स्वास्थ्यकर्मी सम्मान


कञ्चनपुर: कोरोना रोकथामका लागि काम गर्ने स्वास्थ्यकर्मी र कञ्चनपुरका स्थानीय तहलाई महाकाली अस्पतालले सम्मान गरेको छ ।

महाकाली प्रादेशिक अस्पतालले कञ्चनपुरमा आयोजना गरेको एक कार्यक्रममा कोडिभ १९ महामारीमा स्वास्थ्यकर्मी र स्थानीय तहले गरेको भूमिकाको उच्च मुल्याङकन गरेर सम्मान गरेको हो । महाकाली अस्पताललाई आर्थिक सहयोग गरेको भन्दै जिल्लाको भीमदत्त, बेदकोट, कृष्णपुरलाई सम्मान गरेको हो । यसका साथै महाकाली अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, शाखा प्रमुखलाई सम्मान गरेको छ ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले कोरोना महामारीको बेला स्वास्थ्यकर्मीको अहम भूमिका रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समाजिक विकास मन्त्री लाल बहादुर खडकाले महामारी रोकथामका लागि स्वास्थकर्मीको उच्च भूमिका रहेको बताए ।


ताजा समाचार

spot_img