कञ्चनपुर: जिल्लाको दोधारा चादँनी नगरपालिकामा मुक्त हलिया समाज महासंघ नेपाल र महिला स्वयंसेविकाहरु बिच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कोभिड–१९ को खोप बाट कोही पनि वञ्चित नहुन भन्ने उद्देश्यका साथ सहयोगी संस्था लुथरन विश्व फेडरेसन नेपाल र राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको साझेदारीमा सञ्चालन भइ रहेको कोभिड–१९ प्रभावित क्षेत्रमा आपातकालीन सहयोग (सीईआरएन) परियोजना अन्तर्गत समुदाय देखि समुदाय सम्म भ्रमण गरी कोभिड–१९ खोप लगाएका र नलगाएका व्यक्तिहरुको पहिचान गरी सहजीकरण गर्नको लागि मुक्त हलिया समाज महासंघ नेपाल र महिला स्वयंसेविकाहरु बिच सम्झौता भएको सामुदायिक परिचालक हेमा धामीले बताईन ।
कोही पनि नछुटुन भन्ने उद्देश्यले राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल र महिला स्वयंसेवक संस्थाहरुले समुदाय देखि समुदायमा भम्रण गरी सबैलाई कोभिड–१९को खोप दिने उद्देश्य लिएको छ । कोही पनि नछुटुन र कोही पनि बञ्चित नहुन भन्ने उद्देश्यका साथ कार्तिक २५ गतेका दिन राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल र महिला स्वयंसेविकाहरु बिच सम्झौता भएको छ । जस अनुरुप कार्तिक २६ र २७ गते २ दिन वडा नं. १ देखि ५ सम्मका ४१ जना त्यसैगरी वडा नं. ६ र ९ स्वयंसेविकाहरुले समुदायमा कोभिड -१९ खोप लगाएको र नलागाएको व्यक्तिहरुको पहिचान गरि फाराम भर्ने कार्य गर्ने छन् । चाँदनी स्वास्थ्यचौकीका इन्चार्ज दिलाराम भट्टको उपस्थितीमा उक्त कार्यक्रम भएको थियो ।










