कञ्चनपुर : धान भित्र्राउने बेला बर्षा भएसंगै खेतमै काटेका धान भिजेर नष्ट भएको छ । आइतबारदेखि अबिरल रुपमा परिरहेको बर्षातका कारण कञ्चनपुरमा धान भिजेर नष्ट भएको हो । खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्र्राउन नपाउँदै भिजेर नष्ट भएपछि किसान मारमा परेका छन। खेती भित्र्राउने बेला बर्षा भएपछि धानखेतीमै जिवन निर्वाह गर्दै आएका किसानलाई बढि मार परेको छ । भने, अन्य किसान समेत मर्कामा परेका छन ।

असोज ३१ गते देखि परेको अविरल वर्षाका कारण खेतमै धानबाली चुलुम्ब डुबेको छ । वर्ष दिन खाने अन्न बाली यसरी चुलुम्म पानीमा डुब्दा किषान चिन्तीत भएका छन् । वर्ष दिनको चाडबाड सकिए पछि दिनभरी सफा मौषम रहेको कारण धान बाली काट्दा बेलुका अचानक पानी परेपछि खेतमै धान बाली डुबानमा परेको छ ।

‘दशैंको बेला मजदुर पनि नपाईने र बर्षदिनको चाड मनाउन लागियो दशैं सकिए पछि धान काट्न मौषम अलि गर्मी भएको कारण पानी पर्ला जस्तो त लागेको थियो तर मौषम सफा भएको कारण धान कट्दा बेलुका अचानक पानी परेपछि विजोग बनाएको’ किषान अमित नेगीले बताए ।

असोज ३१ गते बेलुका देखि परेका पानी कार्तिक १ गते सम्म पनि रोकिएको छैन । यसरी पानी निरन्तर परि रहदा खेतमै धान उम्रिने चिन्ता एकातिर छ । ‘पानी एकै छिन परेर घामलागेको भए सुकाएर पनि बालि भित्राउन सकिन्थ्यो तर यसरी लगातार पानी पर्दा ओत लगाउन पनि नसकिने जताततै पानी पानी भएकोले अब धान उम्रिए कुनै काम नलाग्ने’ किसान तेज बहादुर धामीले बताए ।
वर्ष दिन खाने अन्नवालीमा यसरी अचानक परेको पानीले डुवान पर्दा किषान चिन्तीत भएका छन् भने ‘धान थेसिङ्ग गरेर खेतमै राखेको पराल पनि डुवानमा पर्दा गाई भैसीलाई खुवाउने पराल पनि कुहिएर जाने समस्या देखिएको’ किसान रघु भट्टले बताए । पानी अहिले सम्म रुकने अवस्था देखिएको छैन भने निरन्तर पानीले तरकारी बारीमा पनि असर पर्ने देखिन्छ भर्खरै लगाएको आलु, लसुन, जस्ता साँग पात पनि कुहिने डरले कृषान चिन्तीत देखिन्छन् ।






