मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा एक्कबद्धता


दोधारा : ४२ औं सामाजिक सेवा दिवसको पुर्व सन्ध्यामा दोधारा चाँदनी नगरपालिकामा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितीको बैठक सम्पन्न भएको छ् । माईती नेपाल कञ्चनपुर र दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजना तथा सहकार्यमा आज ४२ औं सामाजिक सेवा दिवसको पुर्व सन्ध्यामा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितीको बैठक सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको अध्यक्षतामा बसेको बैठकमा दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख चिनी ओझा गिरी, प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्र, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, अधिकारकर्मी खिमा चन्द लगाएत मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

बैठकमा आफनो मन्तब्य राख्दै माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी बिगत लामो समय देखि दोधारा चाँदनी नगर क्षेत्रमा माईती नेपालको उपस्थिती रहदै आएको र गएको ८ महिना भित्र माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिका क्षेत्रबाट ५० जना भन्दा बढी जोखिममा रहेका महिला तथा बालबालिकाहरुलाई सिमा नाकाबाट उद्धार गरि आफन्तको जिम्मा लगाएको बताएका छन् । खुला सिमा भएको कारण मानव बेचबिखन रोक्न निकै असहज हुदै आएको बैठकमा माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् । ८ महिनामा ५० जना भन्दा बढी सिमा नाकाबाट उद्धार भएको बिषय पनि ठुलो उपलब्धी रहेको बताउदै संयोजक भट्टले मानव बेचबिखन रोक्न सबैको सहकार्य र सहयोग हुनु आवश्यक रहेको बताएका छन् ।

बैठकमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले सबै तह र ताप्काबाट मानव बेचबिखन रोक्न सहयोग हुन आवश्यक बताउदै बिद्यालय, दोधारा चा“दनीमा रहेका महिला समुह तथा वडाअध्यक्षहरुको अहम भुमिका रहने हुदा सबैको यस्तो अमानविय कार्य प्रति गम्भिर रहन आग्रह गरेका थिए । मानव बेचबिखन रोक्न दोधारा चाँदनी नगरपालिका सदैब तयारनै रहेको बैठकमा नगर प्रमुख सुनारले बताए । दोधारा चाँदनी नगरपालिका कार्यालयको नवनिर्मित भवनमा ुंचालन भएको बैठकमा मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको १५ औं राष्ट्रिय दिवसको समिक्षा समेत गरिएको थियो । मानव बेचबिखन न्युनिकरण गर्न दोधारा चाँदनी नगरपालिकाले सरोकारवाला सबै संग सहयोग र सहकार्य गर्ने निर्णय समेत गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्रले बताएका छन् । बिगत लामो समय देखि कञ्चनपुरमा मानव बेचबिखन बिरुद्धको अभियानमा क्रियाशिल संस्थाले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आएको भन्दै उच्च प्रशंसा गरेका थिए ।


ताजा समाचार

spot_img