दोधारा : चाडपर्व लक्षित आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीले थप सुरक्षा सतर्कता अपनाउन थालेको छ । बडा दशै, तिहार पर्व नजिकिदै जाँदा दोधारा चाँदनी नगरपालिका स्थित रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टले दोधारा चाँदनीको नेपाल–भारत सिमा क्षेत्रका सुरक्षा ब्यवस्था कसिलो बनाउदै लगेको छ् । चाडपर्वको समयमा बिभिन्न आपराधिक गतिविधिहरु बढ्न सक्ने भएकाले सिमा क्षेत्रमा सुरक्षा ब्यवस्थाका कडाई गर्न थालिएका सशस्त्र प्रहरीले जनाएको छ् ।

चाडपर्वमा सीमा क्षेत्र हुनसक्ने अवाञ्छित गतिविधि रोक्न सुरक्षा सतर्कतामा थप कडाई गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का प्रहरी निरिक्षक कृष्ण बोहराले जनाएका छन् । मोवाईल गस्ती, मोटरसाईकल गस्ती, मोवाईल चेक प्वाइन्ट लगाएत परिचालित गरिएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर, अठार नम्वर पिल्लर बस्ती, सुन्दरनगर, कञ्चनभोज, बडुवाल टोल लगाएतका क्षेत्र बढी संबेदनशिल रहेको हुदा उक्त क्षेत्रमा सशस्त्र प्रहरीले बिशेष गस्ति परिचालन गरिदै आएको बताईएको छ् । ‘अति संबेदनशिल सिमा क्षेत्रमा चौबिसै घण्टा पैदल गस्ती तथा मोवाईल गस्ति बढाईदै लगिएको छ्’ सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का प्रहरी निरिक्षक कृष्ण बोहराले भने ।

दोधारा चाँदनीको नेपाल–भारत सिमा बस्तीहरुमा हुनसक्ने अपराधिक गतिबिधी रोक्न बिशेष सर्तकता अपनाईएको छ् । सिमावर्ती भारतिय बजारमा स्थानियहरु किनमेल गर्न आवत–जावत बढी गरिने हुदा सिमा क्षेत्रमा आवात जावत गर्ने ब्यक्तीहरुमा निगरानी बढाईदै आएको सशस्त्र प्रहरीको भनाई रहेको छ् । चाडपर्व नजिकिदै जाँदै गर्दा सुरक्षा ब्यवस्था कडा पार्नुको साथै सिमा क्षेत्रका गाँउ तथा बस्तीमा सशस्त्र प्रहरीले थप पहरेदारी बढाएको स्थानियहरुको भनाई रहेको छ् । सीमा अतिक्रमण्ँ, लागू औषध ओसार पसार, अवैध हातहतियार, आतंकवादी गतिविधि, तस्करी, सामान्य विवाद लगाएत अपराध नियन्त्रणमा सशस्त्र प्रहरीको सिमा कडाईले प्रभावकारी हुने स्थाीनयहरुको ठहर छ् ।







