महेन्द्रनगर,

कञ्चनपुर जिल्लामा दिनप्रतिदिन लागू औषध दुव्र्यसनमा फस्ने युवाहरु को चाप दिनप्रतिदिन बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रण(क्षति न्यूनीकरण ) का लागि सरोकारवाला निकाय संग छलफल कार्यक्रम सम्पन्न भएको छ।

बिहिवार भिमदत्त नगरपालिका वडा न. १८ अवस्थित गैरसरकारी संस्था एन.एन.एस.ड्व्लु.ए अन्तर्गत पि ड्ब्लु आई डी ( एचआईभी एड्स ) परियोजना क्षती न्यूनीकरण कार्यक्रम अन्तर्गत सरोकारवाला निकायहरु संग छलफल कार्यक्रममा वर्तमान अवस्थामा जिल्ला भरी लागू पदार्थको के कस्तो प्रभाव रहेको छ र अहिलेसम्म परियोजना अन्तर्गत रहि गरिएका उपलब्धिका साथै काम कार्य के कति भयो भन्ने बारेमा कार्यक्रम संयोजक नवराज पाण्डेय प्रकास पार्नु का साथै सहजीकरण उक्त परियोजनाका डिआईसी इन्चार्ज लोकेन्द्र सिंह धामिले गर्नु भएको थियो।

उनका अनुसार बिहिवार सम्पन्न सरोकारवाला निकायहरु बिच छलफल कार्यक्रममा स्वास्थ्यकर्मी महाकाली प्रादेशिक अस्पतालका डा. अर्जुन भट्ट , प्रयोगशाला इन्चार्ज गिता भट्ट ,एआरटी काउन्सिलर बिमला भट्ट ,स्वास्थ्य कार्यालय कञ्चनपुरका एचआईभी सम्पर्क व्यक्ती कपिल देव जोशी ,भीमदत्त नगरपालिका स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र राज जोशी ,सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगर ,जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रतिनिधि एनसिपि ब्यूरो प्रतिनिधि लगायत गैरसरकारी संस्था सहयात्रा नेपाल कञ्चनपुरका संयोजक चाल्स बोन सिजापती, सेवक मित्रका कार्यक्रम संयोजक सन्तोष सोनाम लगायत अन्य प्रतिनिधिको समेत सहभागिता रहेको थियो।
उक्त कार्यक्रममा लागू औषध दुर्व्यशनी रोकथाम तथा नियन्त्रण (क्षती न्यूनीकरण ) गर्न आगामी दिनमा के- कस्ता प्रयास तथा सचेततामूलक कार्यक्रम गर्न सकिन्छ भन्ने विषयमा छ्लफल भयो ।







