दोधारा : नेपाल बिद्यार्थी सघबाट आफ्नो राजनितिक जिवन सुरु गरेका नेता गोपाल सिंह घिमिरे नेपाली काग्रेंस कञ्चनपुर जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन । नेपाली काग्रेंसको आसन्न १४ औं महाधिवेशन कञ्चनपुरको जिल्ला सदस्य पदमा नेता घिमिरेले उम्मेदवारी घोषणा गरेका हुन् । उनले २०४८ सालमा नेपाली काग्रेंसको क्रियाशिल सदस्य पाएका थिए । बिद्यालय जिवनको इकाई सभापति बाट आफ्नो राजनीतिक यात्रा तय गरेका नेता गोपाल सिंह घिमिरेले २०३९ सालमा भानु माध्यमिक बिद्यालय नेबि संघ इकाई संस्थापक सभापती हुन् ।

बिद्यार्थी राजनीतिमा विभिन्न आरोह अवरोह तथा संघर्ष गर्दै आएका पुर्व बिद्यार्थी नेता घिमिरे आसन्न महाधिवेशन मार्फत पार्टीको राजनीतिमा आफुलाई स्थापित गर्ने संकल्प सहित जिल्ला सदस्य पदको तयारीमा जुटेका छन् । घिमिरेले आफ्नो उम्मेदवारीले समग्र काग्रेंसको प्रतिनिधित्व रहने र आफुले निर्वाचित भए संगै समग्र क्षेत्रको बिकास, समृद्धि र जिम्मेवार काग्रेंस बनाउन आफ्नो योगदान रहने बताउदै सम्पुर्ण काग्रेंसका कार्यकर्ताहरुलाई आफुलाई सहयोग गर्न आग्रह गरेका छन् । नेपाली काग्रेंस दोधारा गा“उ कार्यसमितिमा २ अबधी कोषाध्यक्ष पदमा रहेर कार्य गरेका २०४९ सालमा दोधारा गाबिस वडा नं. ६ का निर्वाचित वडाध्यक्ष पदमा रहेर काम गरिसकेका नेता घिमिरे काग्रेंसको क्षेत्रिय प्रतिनिधी हुदै बन बाताबरण तथा बिपद् ब्यवस्थापन समितिका केन्द्रिय सदस्य पदमा रहदै आएका छन् ।

बिभिन्न संघ–सस्था, सहकारी संस्था लगाएत सामाजिक कार्यमा सरिक रहदै आएका नेता गोपाल सिंह घिमिरे पार्टी पंक्तीमा सरल मिजासका सज्जन नेता मानिन्छ् । कांग्रेस भित्र रहेका गुटउपगुट अन्त्य गर्दै कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढ्ने योजना सहित आफुले जिल्ला कार्य समिति सदस्य जस्तो जिम्मेवारी तथा गरिमामय पद उम्मेदवारी दिएको उनले बताएका छन् ।







