कञ्चनपुर : नेकपा एमाले निकट राष्ट्रिय युवा संघले बेलडाँडीमा साईबर सेना र युवा संघको वडा कमिटि विस्तार गरेको छ । एमाले बेलडाँडीका युवा नेता समेत रहेका राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य शकर दत्त भट्ट, एमाले कञ्चनपुरका जिल्ला सदस्य तथा बेलडाँडी गाँउपालिका प्रमुख धन बहादुर थापाको प्रमुख युवा संघका जिल्ला सदस्य धनराज उपाध्यायको अध्यक्षतामा साईबर सेना र युवा संघका वडा कमिटि विस्तार भएको हो ।

बेलडाँडी गाँउपालिका ४को अध्यक्षमा करन सिह बडालको अध्यक्षमा २१ सदस्यीय वडा कमिटि विस्तार भएको छ । शनिबार राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य शंकर दत्त भट्टको विशेष उस्थिति, एमाले जिल्ला सदस्य धन बहादुर थापाको प्रमुख आथित्यमा युवा संघको वडा कमिटी विस्तार भएको हो । उपाध्यक्ष किशोर चौधरी, सचिव डोर प्रशाद चौधरी, सहसचिव कमल ओली, कोषाध्यक्ष सरिता सुनार चयन भएका छन । पदम खडकाको संयोजकत्वमा साईबल सेना समेत गठन गरिएको छ । सदस्यहरुमा जनराज उपाध्याय, जनक बोहरा, डोर प्रशाद जैसी, करन बडाल, गणेश बस्नेत, नैनसिह रोकाया रहेका छन ।

एमाले पार्टी विस्तार एव पूर्नगठनका लागि बेलडाँडीमा एमाले युवा नेता शंकर भट्ट, धन बहादुर थापा सहितको टिम सकृय छ । पार्टी संगठन विस्तारका लागि उनीहरुले सकृयता देखाएको बेलडाँडीका एमाले नेता कार्यकर्ताहरुले बताएका छन ।







