दोधारा : कांग्रेसका युवा नेता महेन्द्र बिष्ट काग्रेंस दोधारा चाँदनी नगरपालिकाका सचिवको आंकाक्षी देखिएका छन् । तत्कालिन नेपाली काग्रेंस चाँदनी गाबिस सचिव पद समेत रहेका विष्टले १४ औं महाधिवेशनमा नगर सचिवको यात्रा तय गरेका छन् । १३ औं महाधिवेशनमा कांग्रेस दोधारा चाँदनी नगरपालिकाका सदस्यमा निर्वाचित महेन्द्र विष्टले आशन्न १४ औं महाधिवेशनका लागि नगर सचिव पदका लागी यात्रा तय गरेका हुन । सरल बिजासका बिष्ट पार्टीका लागी सज्जन कार्यकर्ता मानिन्छ् । ४० बर्षिया कांग्रेस युवा नेता विष्ट बिद्यार्थी जिवन देखि कांग्रेसको राजनीतिमा होमिदै आएका हुन् । उच्च शिक्षा हासिल गरेका बिष्ट शिद्धनाथ युवा क्लबमा सह–सचिव लगाएत बिभिन्न संघ–संस्थामा सामाजिक कार्यमा सरिक हुदै आएका ब्यक्ती हुन् ।

पारिवारिक खान्दानीनै कांग्रेसमा भएकाले उनले पनि बिद्यार्थी जिवन देखिनै कांग्रेसकै राजनीति गरिरहेका छन् । बिभिन्न सामाजिक संघ संस्था एवम् युवा उद्यमीमा समेत सकृय रहेका विष्टलाई कांग्रेस पार्टी पंक्ती तथा युवा पंक्तीको साथ सर्मथन रहेको छ् । २०४८ सालमा नेबिसंघ हुदै २०५६ मा युवा नेता महेन्द्र बिष्टले नेपाली काग्रेंसका क्रियाशिल सदस्यता पाएका हुन् । अग्रज नेताहरु तथा युवा साथीहरुको मायाकै कारण नगर कार्य समितिका सचिव पदमा जिम्मेबारी लिन खोजेको उनले बताए । आफु सहमती सहकार्यको बाधक नभई सहमतीय आधारमा कांग्रेस दोधारा चाँदनीको नेतृत्व, पदाधिकारी छनौट हुनु पर्ने उनको भनाई रहेको छ् ।

‘म सहमतीको बाधक होईन, ‘उनले भने, ‘यती सबैले सहमती गरे मेरो पनि साथ सर्मथन हुन्छ ।’ कांग्रेस भित्र रहेका गुटउपगुट अन्त्य गर्दै दोधारा चाँदनी कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढ्ने योजना सहित आफुले सचिव जस्तो जिम्मेवारी तथा गरिमामय पद उम्मेदवारी दिएको उनले बताएका छन् । ‘कांग्रेसलाई पूर्ण लोकतान्त्रिक नेता कार्यकर्ता र अझ जनताको लोकप्रिय पार्टी बनाउछु, ‘उनले भने, ‘त्यही भएर मेरो उम्मेदवारी सचिवको लागि हो, भावि निर्वाचनमा दोधारा चाँदनी नगरपालिकामा नेपाली कांग्रेसलाई बहुमतले जिताउछु ।’ नगर सचिवका आकांक्षी युवा नेता महेन्द्र बिष्टले भने ।







