दोधारा चाँदनीका सभापतीद्धारा नगर अधिबेसन सर्वसम्मत हुनु पर्ने नेतृत्वलाई सुझाव


दोधारा : नेपाली काग्रेंस दोधारा चाँदनीका वडा सभापतीहरुले नगर अधिबेसन सर्वसम्मतबाट हुनु पर्ने सुझाव दिएको छ् । नेपाली काग्रेंस दोधारा चाँदनीका हालै चयन भएका वडा सभापतीहरुको एक बैठकले नगर अधिबेसन सर्बसम्मती बाट होस ,चुनाव बाट होइन सहमती बाटनै नगर अधिबेसन होस भनी नेतृत्व पंक्तीलाई सुझाव र अनुरोध गरेका छन् ।

नेपाली काग्रेंस दोधारा चाँदनी वडा नं. ४ का वडा सभापती तथा जेष्ठ नागरिक महाबिर चन्दको सभापतित्वमा आज नेपाली काग्रेंस पार्टी कार्यालय दोधारामा बसेको १० वटै वडा सभापतीको बैठकले आउदै गरेको नेपाली काग्रेंसका १४ औं नगर अधिबेसन सहमती र सहकार्यबाट सम्पन्न गर्न नेतृत्व पंक्तीलाई अनुरोध गरेको छ् । बैठकमा अमर बहादुर बम, कमलापती भट्ट, तेज सिंह थापा, महाबिर चन्द, हजारी चन्द, तुलाराज शाही, सुशील राना मगर, टीका उपाध्याय, पदम बहादुर रावत, चन्द्र बहादुर सिंह वडाहरुका सभापती लगाएत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

‘नगर अधिबेसनको बिषयमा ब्यापक छलफल गर्दा नगरका आकांक्षी उम्मेदवारहरुलाई बिभिन्न तहका अधिबेसनमा रहेका तहहरुमा समायोजना गर्दैै यस नगरपालिका क्षेत्रमा जसरी वडा तहको अधिबेसन सर्वसम्मत ढंगले सहमती तथा सहकार्यका साथ सम्पन्न हुने उदाहरणीय नमुनाको संदेश अन्य क्षेत्रमा जाओस् भन्ने हाम्रो अबधारणा हाम्रो प्रतिबद्धता अग्रज ब्यक्तीहरु तर्फ अनुरोध गर्दै सहमतीको बाताबरणमा बस्नु भएका ब्यक्तीत्वहरुलाई पठाउने निर्णय सर्वसम्मतबाट पारित गरियो’ निर्णयमा भनिएको छ् ।


ताजा समाचार

spot_img