दोधारा चाँदनीमा नक्कली नोट देखिन थाले


दोधारा : पछिल्लो समय दोधारा चाँदनीको बजारमा नक्कली नोट देखिन थालेको छ । दोधारा चाँदनी नगरपालिकाको पेट्रोल पम्प, बजार तथा बित्तिय संस्थाहरुमा नक्कली नोट फेला पर्न थालेको हो ।

केही दिन अघि मात्रै दोधारा चाँदनी नगरपालिकाको एक पेट्रोल पम्पमा भारतिय रु. ५ सयको नक्कली नक्कली फेला परेको थियो भने एक बित्तिय संस्था अन्तर्गत गठित समुहमा रु. एक हजारको नेपाली रुपिँया देखा परेको हो । झट्ट हेर्दा थाह नहुने नक्कली नोटहरु दोधारा चाँदनीको बिभिन्न क्षेत्रमा फेला पर्न थालेको छ् ।

दोधारा चाँदनीमा रहेका पसलमा समेत नक्कली नोट फेला परेको बताईएको छ् । ‘हेर्दा कुनै फरक छैन । राम्रो संग हेरे मात्र केही छ्ुट्याउन सकिन्छ ।’ एक स्थानियले भने, ‘नक्कली नोट फेला पर्न थालेपछि त्रास बढेको छ । ती नक्कली नोटहरु कहाँ बाट आए भन्ने बारे कसैं संग पनि कुनै जानकारी नभएको बताईएको छ् ।


ताजा समाचार

spot_img