‘स्वास्थ्य र मानवीय संकट नेपाल र भारतमा उस्ता उस्तै रुपले गहिरिदै छ । तर जनप्रतिनिधी तथा सरोकारवालाको नजरमा ओझेल परेको देखिन्छ् । संकटका बेला सबै शक्ति परिचालन गर्ने राजनितिक विवादलाई थाती राखी एक ठाँउमा उभिनु पर्ने हो । मास्क लगाउने र सामाजिक दुरी कायम गर्ने, हात धुने र मुख नछुने देखि बिरामी भए घरमै बस्ने र गाह्रो परे अस्पताल जाने आदि व्यक्ति वा जनताका जिम्मेवारी हुन् भने, जनतालाई यी कुरा बारे बुझाउनु र कडाईका साथ लागु गराउनुका अलावा शीघ्र र निःशुल्क परीक्षण र कन्ट्याक्ट ट्रेसिङको व्यवस्था मिलाउनु, प्रभावकारी रुपमा क्वारेन्टिन र आइसोलेसन, बिरामीको उपचार र भ्याक्सिनको व्यवस्थापन गर्नु स्थानिय सरकारको जिम्मेवारी हो । सरकार धेरै संवेदनशील नहुने वा अन्तिम समयमा मात्र तात्ने अनि जनताले पनि आफ्नो जिम्मेवारी ननिभाउने हो भने संक्रमणले चरमरुप लिन के बेर ?’

दोधारा : कोभिड–१९ संक्रमण तिब्र रुपमा फैलिईरहदा दोधारा चाँदनी नगरपालिका जनप्रतिनिधीको अपेक्षाकृत कार्य देखिएन् । केही दिन अघि कोरोना बिरामीहरुको उपचारमा निकै असहजता भएपछि प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई कोभिड अस्पताल घोषणा गरि कामकाज अघि बढाईयो । तत्पश्चात कोभिडको संक्रमण केही सामान्य भएपछि दोधारा चाँदनी नगरपालिकाबाट कोभिड अस्पताललाई बन्द गर्ने कार्य भयो । बिश्व महामारीको संक्रमणमा गुज्रिरहेको अवस्था र अन्य स्थानमा कोरोना संक्रमणको तेस्रो लहरलाई नियन्त्रण तथा रोकथाम गर्न अस्पतालहरुलाई तयारी अवस्थामा राख्दै गरेको अवस्थामा निमार्ण गरिएको कोरोना अस्पताललाई बन्द गरि आज भोली कोरोना संक्रमणक भएका आएपछि प्राथमिक स्वास्थ्य केन्द्रलाई रिफर सेन्टर बनाईएको छ् ।

स्वास्थ्य जस्तो गम्भिर बिषयमा नगरपालिकाले समुदाय स्तरमा गर्नु पर्ने जनस्तरको अपेक्षा अनुरुप चाही नभएको गुनासो तिब्र छ् । संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारको कोरोना महामारी विरुद्ध थप तयारी खासै नदेखिएको गुनासो सबैमा छ् । कोरोना संक्रमणको तेस्रो लहरको तयारीनै छैन् । समुदाय स्तरमा कोरोना संक्रमण भुसको आगो सरह फैलिदै छ् । दोधारा चाँदनी नगरपालिकामा कोरोना तेस्रो लहरको संक्रमण रहेको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले बताएका छन् । कोरोना संक्रमणको तेस्रो लहरमा बढी जसो बुढा तथा वालवालिका प्रभावित हुने गर्छन् । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले भदौं १ देखि आज सम्म १ सय ९२ जनामा गरिएको एन्टिजिन परिक्षणमा ५९ जनामा कोरोना संक्रमण फेला परेको जनाएको छ् । संंक्रमण दर अझै दिन दिनै तिब्र बन्दै गएको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले बताएको छ् । दोधारा चाँदनी नगरपालिका नेपाल–भारतको खुला सिमा क्षेत्र संग जोडिएको नगरपालिका हो । दोधारा चाँदनी नगरपालिका संक्रमणको उच्च जोखिममा रहदै आएको छ् । खुला सिमा त्यसैमा सदरमुकामबाट दुर्गम स्थानमा रहेको कारण समेत तस्करी ब्याप्त छ् । महामारीको बेला खुला सिमा क्षेत्र पुर्णरुपमा बन्द गर्ने सरकारको निर्णय भएपनि रातीको समयमा खुला सिमा क्षेत्रमा अबैध तस्करी भने रोकीएको छैन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. १ क्षेत्रको नेपाल–भारत सिमानामा तस्करी बढेर गएको सामाचार श्रोतको दाबी छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १ बैलबन्दमा सशस्त्र प्रहरीको पोष्ट निमार्ण छ् । सशस्त्र प्रहरी र नेपाल प्रहरीले दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारत खुला सिमा कसिलो बनाउने प्रयत्न भने नगरेको भने हैन् । तर सिमा क्षेत्रबाट रातीको समयमा प्रहरीलाई आँखा छलेर तस्करी बढ्दो छ् । ऐन कानुनले स्थानिय निकायहरुलाई स्वायत्त बनाएको छ र जिम्मेवारी स्थानिय निकायलाई दिएको छ् तर त्यस अनुसारको काम जनप्रतिनिधिहरुले गर्न सकिरहेका छैनन् । जनता संकटमा परेकाले जनप्रतिनिधी सक्रिय हुनुपर्नेमा केही सामाजिक संस्थाहरु सक्रिय देखिएको छ् । दोधारा चाँदनीमा कोरोना संक्रमण रोक्न निड्स नेपाल कञ्चनपुरले सबै भन्दा बढी स्वास्थ्य सामग्री दिएको छ् । छिमेकी देश भारतीय खुला सीमा क्षेत्रमा भइरहेको आवत जावतलाई रोक्न र भारत तर्फबाट आउनेहरुलाई कुन स्थानमा राख्ने भन्ने विषयमा स्थानिय तहको कुनै चाँसो देखिएन् । तस्करी र दैनिक उपभोग्य समान लिन भारतीय बजार जाने क्रम अझै रोकिएको छैन् । भारतीय बजारबाट फर्किनेहरुलाई न होल्डिङ्ग सेन्टरको ब्यवस्था छ न त कुनै स्वास्थ्य जा“च नै गरिन्छ् ।
बिना जाँच घर फर्किदा संक्रमण अझ भयावह हुने अवस्था देखिएको स्थानियहरुको भनाई रहेको छ् । दोधारा चाँदनी संग जोडिएको नेपाल–भारतको ३५ किलोमिटर खुला सिमा त्यसैमा जनशक्तीको अभावको कारण आवत जावत तथा तस्करी नियन्त्रणमा कठिनाई आएको प्रहरी श्रोतको भनाई रहेको छ् । अघिल्लो वर्ष अर्थात कोरोना संक्रमणको पहिलो लहरको बेला भारतीय सिमा क्षेत्रबाट हुने आवत जावत रोक्ने देखि क्वारेन्टिनमा राख्न जनप्रतिनिधिहरुले अग्रसरता देखाए थिए, तर यसपटक भने उनीहरुको सक्रियता नदेखिएको हो । दोधारा चाँदनी नगरपालिका संग जोडिएको भारतको उत्तर प्रदेश र उत्तराखण्डको दुई वटा ठुला प्रान्त रहेका छन् । नेपाल–भारत सिमा क्षेत्रमा अबैध मालसमान ओसार पसार र आवागमनको व्यवस्थापन नभएको कारण कोरोना संक्रमण नगरपालिका क्षेत्रमा फैलिएको स्वास्थ्य बिज्ञहरुको ठहर छ् । खुला सिमा क्षेत्रबाट अबैधरुपमा आवागमन संगै मालसमान ओसार पसार त्यत्तीकै आउने क्रम जारी छ् । तत्पश्चात संक्रमण समुदाय स्तरमा तिब्र गतीमा फैलिदै छ् । कोरोनाको तेस्रो लहरमा जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी समेत कोरोना संक्रमण भएका छन् ।
स्वास्थ्य र मानवीय संकट नेपाल र भारतमा उस्ता उस्तै रुपले गहिरिदै छ । तर जनप्रतिनिधी तथा सरोकारवालाको नजरमा ओझेल परेको देखिन्छ् । संकटका बेला सबै शक्ति परिचालन गर्ने राजनितिक विवादलाई थाती राखी एक ठाँउमा उभिनु पर्ने हो । मास्क लगाउने र सामाजिक दुरी कायम गर्ने, हात धुने र मुख नछुने देखि बिरामी भए घरमै बस्ने र गाह्रो परे अस्पताल जाने आदि व्यक्ति वा जनताका जिम्मेवारी हुन् भने, जनतालाई यी कुरा बारे बुझाउनु र कडाईका साथ लागु गराउनुका अलावा शीघ्र र निःशुल्क परीक्षण र कन्ट्याक्ट ट्रेसिङको व्यवस्था मिलाउनु, प्रभावकारी रुपमा क्वारेन्टिन र आइसोलेसन, बिरामीको उपचार र भ्याक्सिनको व्यवस्थापन गर्नु स्थानिय सरकारको जिम्मेवारी हो । सरकार धेरै संवेदनशील नहुने वा अन्तिम समयमा मात्र तात्ने अनि जनताले पनि आफ्नो जिम्मेवारी ननिभाउने हो भने संक्रमणले चरमरुप लिन के बेर ?






