पुनर्वास नगरपालिकाले सुरु गर्‍यो बिधुतीय कर प्रणाली सेवा


पुनर्वास – सेवाग्राहीहरुको समयको महत्वलाई मध्यनजर गर्दै पुनर्वास नगरपालिकाले बिधुतीय कर प्रणाली सेवा सुभारम्भ गरेको छ । मंगलबार नगर प्रमुख जिवनराज थापाको अध्यक्षतामा भएको एक अनौपचारिक कार्यक्रमका बीच नगरपालिकाले बिधुतीय कर प्रणाली सेवाको सुभारम्भ गरेको हो । नगरपालिकालाई प्रविधि मैत्री बनाउन नगरपालिकाले बिधुतीय कर प्रणाली सेवाको सुभारम्भ गरेको नगर प्रमुख जिवनराज थापाले जानकारी दिनुभयो ।

No description available.

उहाँले नगरपालिकाको यश अभियानलाई प्रभावकारी बनाउन सबैले आ-आफ्ना सामाजिक संजाल,विभिन्न मिडिया वेबसाईट लगायतबाट व्यापक रुपमा प्रचार गर्न पत्रकार तथा सम्पुर्ण सरोकारवालाहरुमा अनुरोध गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाकि कम्प्युटर आईटी आरती बिष्टले सेवाग्राहीहरुलाई नगरपालिकालाई तिर्नुपर्ने सम्पुर्ण कर बिना झन्झट www.eservice.punarwasmun.gov.np वेबसाईटमा लगईन गरि ईसेवा र आईएमई पे मार्फत भुक्तानी गर्न सकिने जानकारी दिनुभयो।

No description available.

नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा निजामती कर्मचारी,जनप्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन नगरपालिकाका प्राविधिक ओमनाथ ढकालले गर्नुभएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img