राधाकृष्ण टोलद्धारा प्रहरी विटमा स्वास्थ्य सामग्री हस्तान्तरण


कञ्चनपुर

विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको महामारी लाई मध्यनजर गर्दै अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। सनिवार भीमदत्त नगरपालिका वडा न .१८ पुष्पलाल चोक बरपिल स्थित रहेको अस्थाई प्रहरी विटमा कार्यरत सुरक्षाकर्मीका लागि बागबाणीमा रहेको राधाकृष्ण टोलका अध्यक्ष हेम बहादुर बस्नेत लगायतका पदाधिकारीले कार्यरत हवलदार नन्दा कुवरलाई स्वास्थ्य सामग्री फेस गाड,माक्स र सेनिटाइजर सहयोग गरिएको टोलका सचिब दिनेश विश्वकर्माले सुदूर दर्पण लाई जानकारी दिएका छन् ।

May be an image of 1 person, standing, tree and outdoors

महामारीको यो विषयमा परिस्थितिमा नागरिकले उच्च संक्रमणका कारण दिनप्रतिदिन मृत्युको सिकार बन्नु परेको र कञ्चनपुर जिल्लामा पनि निषेधाज्ञा जारी गरिएको हुँदा यसको सुरक्षाका लागि अग्रपंक्तिमा रहेर कार्यमा दिनरात नभनेर खटिनु भएका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र संचारकर्मी लाई नमन गर्दै आज आफ्नो टोलको तर्फबाट प्रहरी विटमा सक्दो सहयोग गरिएको र आगामी दिनमा पनि टोलले यस्ता सामाजिक कार्यमा अग्रसर रहेर सकारात्मक सोचका साथ अगाडि बढ्ने छौँ ,अध्यक्ष बस्नेतले बताए।

May be an image of 1 person, standing and outdoors


ताजा समाचार

spot_img