दोधारा चाँदनीमा ‘मेयर कप फुटवल’ प्रतियोगिता सुरु, प्रतियोगितामा १० टिम सहभागी


कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा बिद्यालय मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ् । नगर खेलकुद बिकास समिति दोधारा चाँदनीको आयोजनामा दोधारा चाँदनी नगरपािलकाको वडा नं. ७ लक्ष्मी माध्यमिक बिद्यालयको खेलमैदानमा वडा स्तरिय मेयर कप फुटवल प्रतियोगिता सञ्चालन भएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताउनुभएको छ् । स्वास्थ्यको लागी खेल, राष्ट्रको लागी खेल नारा सहित दोधारा चाँदनी नगरपालिकाको लक्ष्मी माध्यमिक बिद्यालयको खेल मैदानमा मेयर कप फुटवल प्रतियोगिता शनिवारबाट सुरु भएको मेयर किशोर कुमार लिम्ब्ुले बताउनुभयो ।

प्रतियोगितामा बिजयता, उपबिजयता टिमलाई रु. ६५ हजार १ सय र ३५ हजार १ सय नगद धनरासी सहित पुरुस्कारको ब्यवस्था गरिएको उहाँले बताउनुभएको छ् । युवाहरुले लागु औषध दुव्र्यसनीलाई निरुत्साहित गर्न तथा युवाहरुलाई खेलमा रुची बढाउन वर्षेनी खेलमा ठुला लगानी गर्दै आएको मेयर लिम्बुको भनाई छ् ।

प्रतियोगिताले खेलाडी उत्पादन संग खेलको माध्यमबाट नगर क्षेत्रलाई चिनाउन खेलमा वर्षेनी ठुलो बजेट बिनियोजन गरि बिभिन्न खेलका प्रतियोगिता सञ्चालन गर्दै आएका नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष तेजराज गिरीले बताउनुभयो ।

आजको उद्धघाटन खेल श्रजना फुटवल क्लव र नवयुग फुटवल क्लवको बिच भएको थियो । प्रतियोगितामा नगर क्षेत्रका १० फुटवल टिम सहभागी भएका छन् ।


ताजा समाचार

spot_img