दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा भोली देखि मेयर कप फुटवल प्रतियोगिता संचालनको लागी सम्पुर्ण तयारी पुरा भएको छ् । खेलकुद बिकास समिति दोधारा चाँदनीको आयोजना भोली अर्थात शनिवार देखि हुने मेयर कप फुटवल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष तेजराज गिरीले बताउनुभएको छ् ।

प्रतियोगितामा १० टिम फुटवल टिम सहभागी हुने बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ लक्ष्मी माध्यमिक बिद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा बिजयता, उपबिजयता टिमलाई रु. ५५ हजार १ सय र ३५ हजार १ सय नगद धनरासी सहित पुरुस्कारको ब्यवस्था गरिएको उहाँले बताउनुभएको छ् ।







