कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरमा रहेको एक सामुदायिक वन उपभोक्ता समुहद्धारा विपन्न परिवारहरुलाई राहत वितरण गरीएको छ ।

शुक्रबार भीमदत्त–३ मा रहेको श्री शहिद स्मृति सामुदायिक वन उपभोक्ता समुहले आफ्ना सदस्यहरु मध्ये अति विपन्न परिवार छनौट गरी राहत वितरण गरेको हो ।सामुदायिक वन उपभोक्ता समुहका सदस्यहरु मध्येबाट चामल २५ केजी,दाल एक केजी, तेल एक लिटर गरी ६० छनौटमा परेका विपन्न परिवारलाई वितरण गरीएको थियो ।

सामुदायिक वन उपभोक्ता समितिको तर्फबाट स्थानिय सदस्यहरुले पाउदै आएको राहत वितरण कार्यक्रममा जिल्ला वन अधिकृत लक्ष्मी प्रशाद जोशीको प्रमुख आतिथ्यमा उपभोक्ता समुहका अध्यक्ष कर्ण बहादुर बिष्ट, भीनपा–३ वडा सदस्य विर वहादुर महता लगायतको उपस्थिति रहेको थियो ।







