कञ्चनपुर : कञ्चनपुरका पत्रकार एव दलहरुले सरकारी संचार माध्यममा मात्रै अनिवार्य सुचना प्रकासन गर्ने निर्णय सच्याउनुपर्ने माग अघि सारेका छन । शुक्रबार महेन्द्रनगरमा नेपाल पत्रकार महासंघ कञ्चनपुरले आयोजना गरेको अन्तरकृयामा जिल्लाका पत्रकार, मिडिया संचालकहरुले अनिवार्य सरकारी कार्यालयमा सुचना, विज्ञापन सरकारी माध्यममा प्रकासन गर्ने निर्णय फिर्ता लिनुपर्ने बताएका छन ।

उनीहरुले सरकारले गरेको यस्तो निर्णयबाट निजी क्षेत्र निरुत्साहित धरासायी पर्ने भएकाले यस्तो निर्णय सच्चाउनुपर्नेमा जोडदिएका हुन । नेपाल पत्रकार महासघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले सरकारले अनिवार्य तीनै तहका सरकारी कार्यालयका सुचना सरकारी माध्यममा मात्रै प्रकासित गर्नुपर्ने बाध्यकारी निर्णय सच्याउनुपर्ने विषयमा छलफल भएको बताए । अध्यक्ष धामीका अनुसार केन्द्रीय कार्यक्रम अनुरुप जिल्लामा पनि राष्ट्रिय दल, मिडिया सचालक देखि पत्रकारसंग छलफल गरिएको बताए ।

कार्यक्रममा सभापति समेत रहेका अध्यक्ष धामीले सरकारले विभेदकारी निर्णय तुरुन्तै सच्चाएर सरकारी निजी दुवै सचार माध्यमविचको विभेद हटाउनुपर्ने बताए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष चित्राङ्ग थापाले सरकारले गरेको बाध्यकारी निर्णय पुर्नविचार गर्दै देशभरीका संचार माध्यम प्रर्बद्धनमा जोडदिए । कार्यक्रममा जिल्लाका दलहरुले मिडिया क्षेत्र सुधार प्रर्बद्धनमा जोड दिएका छन ।

राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का जिल्ला सचिव राकेश चन्द, काँग्रेस उपसभापति मिन बहादुर सिह, एमाले जिल्ला सदस्य गगन खत्री, नेकपा सुप प्रदेश सदस्य सिके भट्ट, श्रमसंस्कृति पाटीका जिल्ला संयोजक गंगादत्त जोशी, प्रेस सेन्टरका केन्द्रीय सचिव राजेन्द्र प्रशाद अवस्थी, जिल्ला अध्यक्ष अरुण प्रशाद भट्ट, प्रेस चौतारीका जिल्ला अध्यक्ष मदन गिरी, कोषाध्यक्ष लक्ष्मण पन्त, प्रेस यूनियनका उपाध्यक्ष मनोज प्रशाद भट्टले सरकारले तीनै तहका सरकारी कार्यालयका सुचना विज्ञापन अनिवार्य सरकारी माध्यम गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमा मात्रै प्रकासन, प्रशारण गर्ने अनिवार्य बाध्यकारी निर्णय फिर्ता लिएर संचार माध्यममा देखिएका बेथिति हटाउनुपर्नेमा जोडदिएको दलको ससदीय कार्यालय सरकारलाई घचघच्याउने विषयमा धारणा व्यक्त गर्दै, उक्त निर्णय नसच्याएर आन्दोलन गर्ने चेतावनी दिएका छन । नेपाल पत्रकार महासंघ कञ्चनपुरका जिल्ला सचिव कुन्दन पाण्डेयले संचालन गरेको कार्यक्रममा जिल्लाका दल, पत्रकारको उपस्थिति रहेको थियो ।






