कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा शनिवार देखि सञ्चालन हुने भनिएको मेयर कप फुटवल प्रतियोगिताको पुर्व सन्ध्यामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ् । वडा स्तरिय खेलकुद बिकास समिति दोधारा चाँदनीको आयोजनामा भोली शनिवार देखि दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालयको खेल मैदानमा सञ्चालन हुने भनिएको मेयर कप पुरुष फुटवल प्रतियोगिताको पुर्व सन्ध्यामा खेलमैदान सरसफाई गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष संदिप उपाध्यायले जानकारी दिनुभएको छ् ।


दोधारा चाँदनी नगरपालिकाका नगर मेयर किशोर कुमार लिम्बुको चालु आर्थिक वर्षको कार्यक्रम तथा योजना अनुसार वडा स्तरिय मेयर कप फुटवल प्रतियोगिता सञ्चालनको लागी खेलमैदान सरसफाई तथा प्रतियोगिताको लागी अन्य व्यवस्थापन कार्य सञ्चालन गरिएको वडा सदस्य संदिप उपाध्यायले बताउनुभयो । खेलमैदान सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी वल नेपाल बिओपी कञ्चनभोज, नगर प्रहरी, प्रहरी चौकी बाबाथान, बाबाथान बजार व्यवस्थापन समिति, नगर खेलकुद बिकास समितिका पदाधिकारी, खेलाडीहरुको सहभागिता रहेको वडा सदस्य संदिप उपाध्यायले बताउनुभएको छ् ।

प्रतियोगितामा १० टिम फुटवल टिम सहभागी हुने बताईएको छ् । प्रतियोगितालाई सभ्य भब्य बनाउन तयारी पुरा भएको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका नगर अध्यक्ष तेजराज गिरीले बताउनुभयो ।

प्रतियोगितामा बिजयता, उपबिजयता टिमलाई रु. ५५ हजार १ सय र ३५ हजार १ सय नगद धनरासी सहित पुरुस्कारको ब्यवस्था गरिएको उहाँले बताउनुभएको छ् ।






