कञ्चनपुरका साहित्यकार ओझा काभ्रेमा सम्मानित


कञ्चनपुर : कञ्चनपुरलाई कर्मथलाे बनाएर विगत लामो समयदेखि साहित्यसाधनामा समर्पित साहित्यकार जगदीश ओझा काभ्रेको बनेपामा २०८२ चैत २६ गते आयाेजित कार्यक्रममा सम्मानित हुनु भएको छ ।

विगत २८ वर्षदेखि निरन्तर प्रकाशित मासिक पत्रिका जनमतको ४२ औं वार्षिकोत्सबकाे अवसरमा सम्मानित हुनुभएका भाषा, कला, साहित्य र संस्कृतिप्रति समर्पित विद्वान स्रष्टा जगदीश ओझा गुगुल्डि वाङमय प्रतिष्ठान कञ्चनपुरका सचिव हुनुहुन्छ । सुदूरपश्चिम प्रदेशको भाषा, साहित्य, कला एवं संस्कृति श्रीवृद्धिमा समर्पित स्रष्टा सत्यवादी मावि बनगाउँ कञ्चनपुरमा कार्यरत हुनुहुन्छ ।

गुगुल्डि साहित्यिक मासिक पत्रिकाका सम्पादक समेत रहनुभएका ओझालाईज जनमत वाङमय प्रतिष्ठान काभ्रेद्वारा प्रदान गरिने जनमत-ज्ञानरत्न मंगलतारा राष्ट्रिय सम्मानबाट सम्मानित गरिएको छ ।


ताजा समाचार

spot_img