कञ्चनपुर : कञ्चनपुुरको एक सामुदायिक बनले युवाहरुलाई सवारी चालक तालिम दिन लागेको छ । कृष्णपुर नगरपालिका–१ निगालीको विसाल सामुदायिक वनले युवाहरुलाई सवारी चालक तालिम दिन लागेको हो ।

विहीबार देखि तालिम शुरु भएको सामुदायिक वनले जनाएको छ । विसाल सामुदायिक वन सुचित्र शाहले व्यवसायिक ड्राईभिङ्ग सिप मुलक तालिम दिन लागको बताए । ३५ वर्ष मुनिका १० सामुदायिक वनका विपन्न उपभोक्ताहरुलाई एक महिने जिपकार तालिम दिन दिन लागको बताए ।

सिप मुलक तालिमबाट युवाहरुले स्थानिय स्तरमा रोजगारी पाउने अपेक्षा गरिएको छ । सामुदायिक वनले निःशुल्क तालिम दिएपछि बेरोजगार युवा उत्साहित भएका छन ।







